टाटा कर्भ ईभीको के२के यात्रा सुरु, ३ हजार किमी पार गर्ने
काठमाडाैं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
काठमाडौं – हालै सार्वजनिक बजेट पश्चात नेपाली बजारमा लिपमोटरका दुई प्रिमियम इलेक्ट्रिक एसयूभी बी१० र सी१० को ग्राहक बुकिङ र सवारी डेलिभरीमा उल्लेख्य वृद्धि भएको छ। नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्सका अनुसार उच्च मागले बजारमा ठूलो संख्यामा नयाँ अर्डर र तीव्र रूपमा गाडी डेलिभरी गराएको छ । यसले प्रतिस्पर्धी नेपाली बजारमा लिपमोटरको सुरक्षा, रेन्ज र मूल्यको उत्कृष्ट संयोजनप्रति उपभोक्ताहरूको बढ्दो रोजाइलाई झल्काउने कम्पनीको भनाइ छ ।
ब्रान्डको हालको यो उत्साहजनक गति यसका उत्कृष्ट उत्पादनहरूका कारण सम्भव भएको हो। यसको नेतृत्व प्रिमियम लक्जरी एसयूभीको उत्कृष्ट ड्राइभिङ अनुभूति प्रदान गर्ने सी१० र आकर्षक ५४ लाख ९९ हजार मूल्यको बी१० ले गरेका छन् । बी१० को मूल्य बजेट भन्दा पहिले ६० लाख रुपैयाँ थियो र हालै यसको मूल्यमा ५ लाख रुपैयाँ कमी गरिएको हो ।
यी दुवै फुल–इलेक्ट्रिक प्रिमियम एसयूभीहरू प्रतिष्ठित युरो एनक्याप फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गाडीहरू हुन् जसले यात्रुहरूलाई विश्व–स्तरीय सुरक्षाको प्रत्याभूति दिन्छन्। यसका साथै, बी१० मा ६०० किलोमिटरको सीएलटीसी रेन्ज, स्पेयर टायर साथै अन्य थुप्रै फिचर छन् जसले गर्दा यो दैनिक यात्रा तथा लामो दूरीका यात्राहरूका लागि अत्यन्तै भरपर्दो साबित हुन्छ।
लिपमोटर ब्रान्डप्रति ग्राहकहरूको यो बढ्दो रुचि आगामी दिनमा नेपाली बजारमा आउन लागेको नयाँ मोडल ’लिपमोटर बी०३’ का लागिसमेत एउटा सकारात्मक संकेत भएको बताइएको छ ।
विश्वव्यापी रूपमा प्रख्यात स्टेलान्टिस समूहको बलियो साथ पाएको लिपमोटरको बजेटपछिको यो उत्कृष्ट प्रदर्शनले यसको उज्ज्वल भविष्यलाई प्रस्ट पार्छ। साथै, ब्रान्डले नेपाली बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै भरपर्दो इलेक्ट्रिक गाडीहरू उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइरहेको बताएको छ ।
काठमाडाैं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
काठमाडौं- सरकारले ‘इम्बोस्ड नम्बर प्लेट’का लागि सम्झौता गरेको सात...
लुयान ब्रान्डको इलेक्ट्रिक स्कुटर पछिल्लो समय नेपाली बजारमा लोकप्रिय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...