नयाँ रेनाे क्विड फेसलिफ्ट जुलाई ३ मा लन्च हुँदै, यस्तो छ विशेषता

रेनोले भारतीय बजारमा आफ्नो लोकप्रिय ह्याचब्याक क्विडको फेसलिफ्ट संस्करण आगामी जुलाई ३ मा लन्च गर्ने भएको छ। नयाँ फेसलिफ्ट मोडलमा एक्सटेरियर र इन्टेरियरमा उल्लेखनीय परिवर्तन गरिएको छ।

नयाँ क्विडको फ्रन्टमा वाई-आकारको एलईडी डे–टाइम रनिङ लाइट, नयाँ ग्रिल र रिडिजाइन बम्पर हुने अनुमान गरिएको छ। उत्पादन लागत नियन्त्रणमा राख्न मुख्य हेडल्याम्पमा भने हेलोजन लाइट नै प्रयोग गरिने सम्भावना छ। यसको रियरमा पनि वाई-आकारको टेललाइट, नयाँ बम्पर र टेलगेटमा सामान्य परिवर्तन हुनेछ।

कारको लम्बाइ ३७३१ एमएम, चौडाइ १५७९ एमएम, उचाइ १४७४ एमएम र ह्विलबेस २५०० एमएम हुनेछ। यसमा १८४ एमएमको ग्राउन्ड क्लियरेन्स कायम रहनेछ भने टप भेरिएन्टमा नयाँ डिजाइनका अलोय ह्विल पनि उपलब्ध गराइने अपेक्षा गरिएको छ।

नयाँ क्विडको भित्री भागमा सबैभन्दा ठुलो परिवर्तन ड्यासबोर्डमा गरिएको छ। यसमा ठुलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, कनेक्टिभिटी फिचर, नयाँ स्टेयरिङ ह्विल र अपडेट गरिएको इन्स्ट्रयुमेन्ट क्लस्टर हुने अपेक्षा गरिएको छ। साथै सेन्टर कन्सोल, क्याबिन ट्रिम र विभिन्न स्विचको डिजाइनमा पनि परिवर्तन गरिनेछ। सेफ्टीका लागि यसको सबै भेरिएन्टमा ६ वटा एयरब्याग समावेश गर्ने अपेक्षा गरिएको छ।

यसमा हालको मोडलमा उपलब्ध १.० लिटर, तीन सिलिन्डर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन नै समावेश गरिनेछ । सो इन्जिनले करिब ६८ हर्सपावर जेनेरेट गर्नेछ। यसको इन्जिन ५ स्पिड म्यानुअल र ५ स्पिड एएमटी गियरवक्सको विकल्प उपलब्ध हुनेछ। हालको मोडलले प्रतिलिटर इन्धनमा २१.७ देखि २२.५ किलोमिटरसम्म माइलेज दिने कम्पनीको दाबी छ।

यसको मूल्य करिब ४ लाख ५० हजार भारुदेखि ६ लाख ५० हजार भारुसम्म हुन सक्ने अपेक्षा गरिएको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...