भारतमा इलेक्ट्रिक स्कुटर ल्याउने तयारीमा भियतनामी कम्पनी भिनफास्ट, दर्ता भयो नयाँ पेटेन्ट

भियतनामी प्योर ईभी निर्माता कम्पनी भिनफास्टले भारतमा नयाँ इलेक्ट्रिक स्कुटर ल्याउने तयारी गरेको छ । हालै सो स्कुटरको पेटेन्ट दर्ता भएको छ ।

यसअघि भारतीय सञ्चारमाध्यमहरूले भारतीय बजारमा सो कम्पनीले इभो, फेलिज वा भाइपर इलेक्ट्रिक स्कुटर ल्याउने अनुमान गरेका भए पनि दर्ता गरिएको नयाँ डिजाइन भने तीमध्ये कुनै पनि मोडलसँग पूर्ण रूपमा मेल खाँदैन। यसको डिजाइन हाल बिक्री भइरहेको भाइपरसँग मिल्दोजुल्दो देखिए पनि यो सम्भवतः सोही स्कुटरको नयाँ संस्करण हुन सक्ने अनुमान गरिएको छ। सो स्कुटर तमिलनाडुको थुथुकुडीस्थित भिनफास्टको कारखानामा एसेम्बल गरिने बताइएको छ ।

पेटेन्टमा देखिएको स्कुटरमा नयाँ डिजाइनका एलईडी हेडलाइट, इन्टिग्रेटेड एलईडी डीआरएल तथा अगाडिको भागमा थप आकर्षक स्टाइलिङ दिइएको छ। अगाडिको फेन्डरलाई अझ धारिलो बनाइएको छ भने विन्डस्क्रिनमा पनि परिमार्जन गरिएको छ।

यसका साथै साइड बडी प्यानल पूर्ण रूपमा नयाँ डिजाइनमा तयार गरिएको छ। पछाडिको भागमा हालको भाइपरमा नभएको ब्याट–विङ शैलीको एलईडी टेललाइट समावेश गरिएको छ, जसले स्कुटरलाई अझ आधुनिक देखाउनेछ।

डिजाइन परिवर्तन भए पनि हालको भाइपरमा प्रयोग गरिएको १४ इन्चको अलोय ह्विल, समतल फ्लोरबोर्ड, पछाडिको सिट तथा फुटरेस्टलाई भने कायम राखिएको छ।

फिचरका रूपमा यसमा टीएफटी डिस्प्लेसहितको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, स्मार्ट की सिस्टम, कीलेस गो, र अगाडिको भागमा करिब १० लिटर क्षमताको स्टोरेज स्पेस उपलब्ध हुने अपेक्षा गरिएको छ।

स्कुटरमा रियर हब–माउन्टेड इलेक्ट्रिक मोटर प्रयोग गरिनेछ भने सस्पेन्सनका लागि अगाडि टेलिस्कोपिक फोर्क र पछाडि ग्यास–चाज्र्ड डुअल शक अब्जर्भर रहनेछ।

नयाँ स्कुटरमा १.५ किलोवाट आवर क्षमताको स्थायी ब्याट्री प्याक रहने सम्भावना छ, जसले एकपटक चार्ज गर्दा करिब ८२ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको अपेक्षा छ।

यसमा ग्राहकले थप १.१५ किलोवाट आवर क्षमताको दोस्रो ब्याट्री पनि विकल्पका रूपमा जडान गर्न सक्नेछन्। अतिरिक्त ब्याट्री प्रयोग गर्दा करिब ७४ किलोमिटर थप रेन्ज प्राप्त हुने बताइएको छ। यसरी दुवै ब्याट्री प्रयोग गर्दा स्कुटरले करिब १५६ किलोमिटरसम्म यात्रा गर्न सक्ने अनुमान गरिएको छ।

स्थानीय उत्पादनका कारण कम्पनीले यो इलेक्ट्रिक स्कुटरको मूल्य १ लाख भारतीय रुपैयाँभन्दा कम राख्ने रणनीतिमा रहेको बताइएको छ। यस मूल्यमा सार्वजनिक भएमा यो स्कुटर हिरो भिडा भीएक्स२, टीभीएस अर्बिटर भी१ तथा ओला एस१ एक्स जस्ता लोकप्रिय इलेक्ट्रिक स्कुटरसँग प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिनेछ।

हाल भिनफास्टले भारतमा आफ्ना विद्युतीय कारहरू बिक्री गरिरहेको छ। अब कम्पनीले इलेक्ट्रिक दुईपांग्रे सवारी बजारमा पनि प्रवेश गर्ने तयारी गरिरहेको छ।

सम्बन्धित समाचारहरू

टेस्ला साइबरट्रकलाई टक्कर दिन जीएसीले नयाँ पिकअप ल्याउने

टेस्ला साइबरट्रकलाई टक्कर दिन जीएसीले नयाँ पिकअप ल्याउने

चिनियाँ अटो निर्माता जीएसीले हालै सम्पन्न सांघाई मोटर शोमा आफ्नो नयाँ...

४ लाख बढी दिपल ईभीमा गोल्डेनशिल्ड ब्याट्री, छैन एउटा पनि आगलागीको घटना

४ लाख बढी दिपल ईभीमा गोल्डेनशिल्ड ब्याट्री, छैन एउटा पनि आगलागीको घटना

इलेक्ट्रिक भेइकलमा आगलागीका खबरहरू प्रायः हेडलाइन बन्छन् । सोलको पार्किङ...

चार्जरको छुट्टै पैसा लिएको ओलाले ग्राहकको १ अर्ब ३० करोड भारु फिर्ता गर्ने

चार्जरको छुट्टै पैसा लिएको ओलाले ग्राहकको १ अर्ब ३० करोड भारु फिर्ता गर्ने

ओला इलेक्ट्रिकले आफ्नो एक लाख ग्राहकको १ अर्ब ३० करोड भारु फिर्ता गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...