नागरिक एपमा पुनः उपलब्ध भयाे ड्राइभिङ लाइसेन्स
काठमाडौं – सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) पुनः नागरिक एपमा...
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ मा झन्डै तीन अर्ब रुपैयाँबराबरको सवारीसाधन खरिद गर्ने तयारी गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षमा सेना, प्रहरी, सर्वोच्च अदालत र अन्य निकायका लागि सवारीसाधन खरिद शीर्षकमा दुई अर्ब ९३ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेका हुन्।
अनुत्पादक क्षेत्रको खर्च कटौती तथा मितव्ययिता उद्घोष गरेको सरकारले सवारीसधान खरिदमा भने मनग्य बजेट विनियोजन गरेको छ। चालू आव ०८२/८३ मा समेत सरकारले सवारीसाधन खरिदमा दुई अर्ब ९९ करोड ६९ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान गरेको छ। गत आव ०८१/८२ मा भने सरकारले यही शीर्षकमा ८२ करोड १५ लाख खर्च गरेको थियो।
गत भदौमा भएको जेन–जी विद्रोहका क्रममा साढे चार हजार गाडीमा पूर्ण क्षति पुगेको थियो। तर, चालू आवमै सरकारले सुरुको विनियोजनको तुलनामा ४३ करोड एक लाख रुपैयाँभन्दा बढी मूल्यबराबरका सवारीसाधन खरिद हुने संशोधित अनुमान गरिसकेको छ। त्यस्तै, चालू आवमै मर्मतका लागि एक अर्ब ९९ करोड सात लाख खर्च हुने अनुमान गरिएको छ।
सरकारले चालू आवमै गैरकानुनी रूपमा प्रयोग भइरहेको सवारीसाधनसमेत एउटै ‘पुल’मा ल्याएर व्यवस्थापन गरेको छ। यसै वर्ष भारतले नेपाललाई निर्वाचन सहायताअन्तर्गत ६ सयवटा गाडी सहयोग गरेको थियो। भारतले वस्तुगत सहायताअन्तर्गत निर्वाचनलाई सघाउन भन्दै ती गाडी चरणबद्ध रूपमा हस्तान्तरण गरेका थियो।
भारतबाट सहयोग प्राप्त गाडीलाई सरकारले निर्वाचन आयोग, प्रहरीलगायत विभिन्न निकायलाई बाँडेको छ। सरकारले भएकै सवारीसाधनको व्यवस्थापन गरेको, चालू आवमा गाडी किन्न तथा मर्मत गर्न पर्याप्त बजेट छुट्याएको तथा विदेशी सहयतास्वरूप समेत सयौँ गाडी पाएको अवस्थामा समेत आगामी आवमा ठुलो रकममा गाडी किन्ने गरी बजेट छुट्याएको हो। स्रोतमा चाप परेको सरकारले यस वर्ष सवारीसाधन खरिददेखि मर्मत र सञ्चालनका लागि नौ अर्ब ८९ करोड बजेट विनियोजन गरेको हो
आगामी आर्थिक वर्षका लागि सरकारले गाडी किन्न सेना र प्रहरीलाई सबैभन्दा बढी बजेट विनियोजन गरेको छ। गाडी किन्न सबैभन्दा बढी बजेट जंगी अड्डाका लागि ९४ करोड चार लाख विनियोजन गरिएको छ।
त्यस्तै, सवारीसाधन खरिद शीर्षकमै सशस्त्र प्रहरी बलका लागि ५१ करोड ७५ लाख, सर्वोच्च अदालतका लागि ४० करोड ४८ लाख, सैनिक हवाई महानिर्देशनालयका लागि ३८ करोड १० लाख, प्रहरी प्रधान कार्यालयका लागि २९ करोड ५५ लाख, सूचना तथा सञ्चार मन्त्रालयका लागि १५ करोड र हुलाक सेवा विभागका लागि दुई करोड ५४ लाख विनियोजन गरिएको छ।
गाडी किन्न सुरक्षण मुद्रण केन्द्रका लागि ७५ लाख, इलाका प्रशासन कार्यालयहरूका लागि ५७ लाख, हुलाक सेवा निर्देशनालयका लागि २५ लाख, जिल्ला हुलाकका लागि २३ लाख र समरजंग कम्पनी कार्यालयका लागि पाँच लाख बजेट विनियोजन गरिएको छ। अर्थ मन्त्रालयले भैपरी आउने विकास कार्यक्रमअन्तर्गत गाडी किन्न २० करोड रुपैयाँ विनियोजन गरेको छ।
सरकारले दुरुपयोग भएका, कानुनले नपाउने तथा अव्यवस्थित प्रयोग गरिएका करिब सात सयवटा सरकारी सवारीसाधन तानेर व्यवस्थित गरेको छ। खर्च नियन्त्रण, कानुनको पालना र सेवा–सुविधामा एकरूपता कायम गर्न भन्दै सरकारले कानुनबमोजिम सुविधा नपाउने व्यक्तिले प्रयोग गरिरहेको सात सय चारपांग्रे तानेर ‘पुल प्रणाली’अन्तर्गत राखी व्यवस्थापन गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले बताए।
काठमाडौं – सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) पुनः नागरिक एपमा...
मोटरसाइकलमा दुई ब्रेक हुन्छन् । यो मोटरसाइकलको एक अनौठो विशेषता हो ।...
चीनको वुहान शहरमा सेल्फ ड्राइभिङ सम्बन्धी एउटा चिन्ताजनक घटना सार्वजनिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...