जीप एभेन्जर पेट्रोल भेरियन्टमा पनि बन्दै, आउला त नेपाल ?
जीप एभेन्जर इलेक्ट्रिकमा मात्र नभई पेट्रोल माइल्ड हाईब्रिड र पेट्रोल...
विश्वप्रसिद्ध कार निर्माता कम्पनी ल्याण्डरोभरले आफ्नो प्रतिष्ठित क्लासिक डिफेन्डर भी–८ संस्करण पेश गरेको छ। कम्पनीले सो गाडी ४ फरक डिजाइनमा तयार गरेको छ। गाडीको सबैभन्दा ठुलो आकर्षण भनेको यसको अनौठो रङ हो, जसले प्रकाश र हेर्ने कोणअनुसार आफैं रङ परिवर्तन गर्ने क्षमता राख्छ।
यसमा डिफेन्डर ९० स्टेशन वागन, ९० सफ्ट टप, ११० स्टेशन वागन र पहिलो पटक ११० डबल क्याब पिकअप गरी चारवटा मोडल समावेश गरिएको छ । सबै मोडलमा ‘स्पेक्ट्रल ग्रिन’ नामक विशेष रङ प्रयोग गरिएको छ, जुन कहिले हरियो, कहिले बैजनी र कहिले सुनौलो रङमा परिवर्तन हुन्छ । कम्पनीका अनुसार प्रत्येक सवारीमा सो रङ लगाउन र पालिस गर्न करिब ४०० घण्टासम्मको मेहनत आवश्यक पर्छ। यही विशेष रङ १८ इन्चका अलोय ह्विल र ड्यासबोर्डमा पनि प्रयोग गरिएको छ।
यसको क्यबिनमा हरियो रङको प्रिमियम भेनिला लेदर सिट प्रयोग गरिएको छ भने फ्लोरमा सुपरवुल कार्पेट बिछ्याइएको छ। कम्पनीले यसमा आधुनिक प्रविधिसमेत समावेश गरेको छ। यसमा ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, रियर भ्यु क्यामेरा र उच्चस्तरीय साउन्ड सिस्टम जस्ता सुविधा उपलब्ध छ ।
यसमा ५.० लिटर क्षमताको भी–८ पेट्रोल इन्जिन जडान गरिएको छ, जसले ४०५ पीएस पावर र ५१५ एनएमको टर्क उत्पादन गर्छ। यसको इन्जिन ८ स्पिड जेडएफ अटोमेटिक गियरबक्ससँग जोडिएको छ। उच्च क्षमताको इन्जिनलाई ध्यानमा राख्दै कम्पनीले सस्पेन्सन, स्प्रिङ र ब्रेक सिस्टमलाई पूर्ण रूपमा पुनः डिजाइन गरेको छ। यसमा ५ पिस्टनयुक्त ठुला डिस्क ब्रेक प्रयोग गरिएको छ ।
यो विशेष संस्करणकाे डिफेन्डर सामान्य शोरुममा बिक्रीका लागि उपलब्ध हुने छैन। कम्पनीले ग्राहकको अर्डरअनुसार मात्र यी सवारी हातैले निर्माण गर्नेछ। कम्पनीले यस विशेष संस्करणमा एक वर्षको असीमित किलोमिटर वारेन्टीसमेत उपलब्ध गराउने जनाएको छ।
जीप एभेन्जर इलेक्ट्रिकमा मात्र नभई पेट्रोल माइल्ड हाईब्रिड र पेट्रोल...
जिप इन्डियाले आफ्नो प्रिमियम सात सिटे एसयूभी मेरिडियनको नयाँ लिमिटेड...
काठमाडौं – अमेरिकी अटोमोबाइल ब्रान्ड जिपले नेपालमा नयाँ प्रिमियम एसयुभी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...