५१ प्रतिशतको वार्षिक वृद्धिसँगै एम्पियरले पार ग-यो ४ लाख ई–स्कुटर बिक्रीको माइलस्टोन

एम्पियरले एक नयाँ र ऐतिहासिक माइलस्टोन पार गरेको छ । ग्रिभ्स इलेक्ट्रिक मोबिलिटी अन्तर्गतको यस ब्रान्डले भारतभर आफ्नो समग्र ई–स्कुटर बिक्री ४ लाख युनिट कटाएको घोषणा गरेको छ ।

पर्यावरणमैत्री र किफायती यात्रातर्फ उपभोक्ताको आकर्षण बढ्दै जाँदा एम्पियरले यो सफलता हात पारेको हो ।

कम्पनीले जारी गरेको विवरण अनुसार, आर्थिक वर्ष २०२६ मा एम्पियरले वार्षिक रूपमा ५१ प्रतिशतको लोभलाग्दो वृद्धि दर्ता गरेको छ । यस तीव्र वृद्धिसँगै कम्पनीको बजार हिस्सा पनि उकालो लागेको छ । आर्थिक वर्ष २०२५ मा ३.६ प्रतिशत रहेको यसको बजार हिस्सा बढेर अहिले ४.४ प्रतिशत पुगेको हो ।

यो ऐतिहासिक सफलताको खुसीयाली साट्दै ग्रिभ्स इलेक्ट्रिक मोबिलिटीका प्रबन्ध निर्देशक विकास सिंहले भने, ‘४ लाखको माइलस्टोन पार हुनुले एम्पियरप्रति ग्राहकको बढ्दो विश्वासलाई देखाउँछ । १ लाख भारु भन्दा कम मूल्यको सेग्मेन्टमा भरपर्दो र मूल्य–संचालित विद्युतीय गतिशीलता प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई यसले प्रमाणित गरेको छ ।’

एम्पियरले हाल बजारमा ग्राहकको फरक आवश्यकता र बजेट अनुसारका पाँचवटा मोडल बिक्री गर्दै आएको छ । जसमा नेक्सस, म्याग्नस जी म्याक्स, म्याग्नस ग्रान्ड, म्याग्नस नियो र रियो ८० समावेश छन् ।

एम्पियरका इलेक्ट्रिक स्कुटर नेपाली बजारमा समेत उपलब्ध छन् । नेपालका लागि आधिकारिक वितरक एसटीसी अटो सोलुसन प्रालिले यसको तीनवटा मोडल उपलब्ध गराएको छ, जसको सुरुवाती मूल्य ३ लाख रुपैयाँ पर्छ ।

सम्बन्धित समाचारहरू

यस्तो छ कारमा प्रयोग गरिने रियर भ्यु मिररको अर्थ र इतिहास

यस्तो छ कारमा प्रयोग गरिने रियर भ्यु मिररको अर्थ र इतिहास

सवारी साधनमा रियर भ्यु मिरर अति महत्वपुर्ण हिस्सा हो । यसलाई कारमा...

बीएमडब्लुको अर्को लक्जरी इलेक्ट्रिक एसयूभी नेपालमा, मूल्य १ करोड ७९ लाख ९६ हजार

बीएमडब्लुको अर्को लक्जरी इलेक्ट्रिक एसयूभी नेपालमा, मूल्य १ करोड ७९ लाख ९६ हजार

काठमाडौं – बीएमडब्लुको तेस्रो मोडलको रुपमा नेपाली बजारमा आईएक्स२...

यी इलेक्ट्रिक कारलाई छोएको छैन बजेटले, पुरानै मूल्यमा खरिद गर्न सकिने

यी इलेक्ट्रिक कारलाई छोएको छैन बजेटले, पुरानै मूल्यमा खरिद गर्न सकिने

सरकारले बजेटमा १ सय किलोवाट क्षमतासम्मको मोटर जडित इलेक्ट्रिक कारमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...