स्कोडाकाे नयाँ फ्ल्यागशिप इलेक्ट्रिक एसयूभी पिक अब अन्तर्राष्ट्रिय बजारमा

स्कोडाले आफ्नो नयाँ फ्ल्यागशिप इलेक्ट्रिक एसयूभी स्कोडा पिकलाई अन्तर्राष्ट्रिय बजारमा पेश गरेको छ। सो गाडीले मर्सिडिज, भल्भो ईएक्स९० र किया ईभी९ जस्ता इलेक्ट्रिक एसयूभीसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ। यसले फुल चार्जमा अधिकतम ६४७ किलोमिटरसम्म रेन्ज दिन्छ ।

स्कोडा पिक अन्तर्राष्ट्रिय बजारमा ३ भेरिएन्टमा उपलब्ध हुनेछ। यसको बेस पिक ६० भेरिएन्टमा ६३ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ, जसले २०४ हर्सपावर उत्पादन गर्छ। यसले फुल चार्जमा ४५९ किलोमिटर रेन्ज प्रदान गर्छ ।

पिक ९० भेरिएन्टमा ९१ किलोवाट आवरको ठुलो ब्याट्री प्रयोग गरिएको छ, जसले २८६ हर्सपावर उत्पादन गर्छ र फुल चार्जमा अधिकतम ६४७ किलोमिटरको रेन्ज प्रदान गर्छ। टप भेरिएन्ट पिक ९०एक्समा पनि ९१ किलोवाट आवरकै ब्याट्री रहेको छ, तर यसमा अल ह्विल ड्राइभ सिस्टम र दुईवटा इलेक्ट्रिक मोटर जडान गरिएको छ। यसले २९९ हर्सपावर उत्पादन गर्छ र फुल चार्जमा ६१३ किलोमिटर यात्रा गर्न सक्छ।

यसको ब्याट्री १० प्रतिशत देखि ८० प्रतिशतसम्म चार्ज हुन केवल २७ देखि २८ मिनेट लाग्ने कम्पनीले जनाएको छ।

सो इलेक्ट्रिक कार करिब ४.९ मिटर लामो र थ्रीराे सिट भएको एसयूभी हो । कारको फ्रन्टमा परम्परागत ग्रिलको सट्टा ब्ल्याक टेक डेक प्यानल प्रयोग गरिएको छ। साथै टी आकारका म्याट्रिक्स एलईडी हेडलाइट र आइब्रो शैलीका डे-टाइम रनिङ लाइट दिइएको छ । गाडीमा १९ देखि २१ इन्चसम्मका अलोय ह्विल र फ्लस डोर ह्यान्डल उपलब्ध छ । तेस्रो पङ्क्तिका सिट फोल्ड गरेपछि ९३५ लिटरको बुट स्पेस उपलब्ध छ ।

कारको ड्यासबोर्डमा १३.६ इन्चको ठुलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र १० इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर जडान गरिएको छ। म्युजिक सिस्टमका लागि १६ स्पिकरको सोनोस साउन्ड सिस्टम पनि उपलब्ध छ। यसमा स्कोडाको स्मार्टफोन वा स्मार्टवाचमार्फत लक/अनलक गर्न सकिने प्रविधि रहेको छ । साथै यसमा बाई डायरेक्शनल चार्जिङ प्रविधि पनि उपलब्ध छ ।

सेफ्टीका लागि कारका सबै भेरिएन्टमा १० वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, एडास सिस्टम र वाइपरमै पानी छर्किने वासर सिस्टम समावेश गरिएको छ।

स्कोडा पिक भारतीय बजारमा सन् २०२७ मा लन्च गर्ने सम्भावना रहेको छ । लन्चिङ पछि यसको मूल्य ६५ लाख भारुभन्दा बढि हुने अनुमान गरिएको छ । नेपाली बजारमा पनि त्यसपछि नै उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

स्विस इलन मस्कले ल्याए बबल कार : १९६० तिर चलेको डिजाइन अब आउदै छ इलेक्ट्रिक भर्सनमा

स्विस इलन मस्कले ल्याए बबल कार : १९६० तिर चलेको डिजाइन अब आउदै छ इलेक्ट्रिक भर्सनमा

सन् १९६० तिर चलेको बबल कारको उत्पादन फेरि प्रारम्भ भएको छ । यस पटक सो...

हुन्डाई र कियाको बजार चिर्न बीवाईडीले कोरियामा दोब्बर सेल्स नेटवर्क बनाउँने, देखायो अर्को मोडल

हुन्डाई र कियाको बजार चिर्न बीवाईडीले कोरियामा दोब्बर सेल्स नेटवर्क बनाउँने, देखायो अर्को मोडल

दक्षिण कोरियाली बजारमा रहेको हुन्डाई र कियाको बजारलाई चिर्नका लागि...

१५० किलोमिटर रेन्ज दिने याडीयाको नयाँ स्कुटर आउँदै, मूल्य २ लाख ३० हजार

१५० किलोमिटर रेन्ज दिने याडीयाको नयाँ स्कुटर आउँदै, मूल्य २ लाख ३० हजार

काठमाडौं– याडीया इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...