परीक्षणको क्रममा देखियो केटीएमको इलेक्ट्रिक स्कुटर, छिट्टै लन्च हुने
केटीएमले.आफ्नो इलेक्ट्रिक स्कुटरको परीक्षण सुरु गरेको छ । केटीएमको पहिलो...
अष्ट्रियन बाइक निर्माता कम्पनी केटीएमले २०२७ संस्करणको ७९० ड्युकलाई अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरेको छ। नयाँ मोडलमा आकर्षक डिजाइन अपडेट, परिष्कृत एर्गोनोमिक्स, उन्नत सस्पेन्सन तथा नवीनतम फिचरहरू समावेश गरिएको छ। कम्पनीले नयाँ ७९० ड्युकको डिजाइन ल्यांग्वेज आफ्नो ठूला नेकेड मोटरसाइकल मोडल ९९० ड्युक र १३९० सुपर ड्युक आरबाट प्रेरित रहेको जनाएको छ।
नयाँ ७९० ड्युकमा सबैभन्दा ठूलो परिवर्तन यसको बाहिरी डिजाइनमा देखिन्छ। मोटरसाइकलमा नयाँ डिजाइनको एलईडी हेडल्याम्प, ठूलो फ्रन्ट फेयरिङ, रिडिजाइन गरिएको फ्युल ट्यांक तथा नयाँ एक्जस्ट र मफलर जडान गरिएको छ। यसले मोटरसाइकललाई अझ आक्रामक र आधुनिक स्वरूप प्रदान गरेको छ।
केटीएमले यस मोडलमा राइडरको सहजतालाई विशेष प्राथमिकता दिएको छ। नयाँ ह्यान्डलबार, रिपोजिसन गरिएको राइडर तथा पिलियन फुटपेग र सुधारिएको सिटका कारण राइडिङ पोजिसन थप आरामदायी बनेको कम्पनीको दाबी छ। साथै नयाँ सबफ्रेम र नयाँ ट्रिपल क्ल्याम्पको प्रयोगले समग्र एर्गोनोमिक्समा सुधार ल्याएको छ।
मोटरसाइकलको तौल अघिल्लो मोडलको तुलनामा २ किलोग्रामले घटाइएको छ, जसले ह्यान्डलिङ र प्रदर्शनलाई अझ उत्कृष्ट बनाउने अपेक्षा गरिएको छ।
नयाँ २०२७ केटीएम ७९० ड्युकमा उच्चस्तरीय कम्पोनेन्टहरू प्रयोग गरिएको छ। यसमा पिरेली डियाब्लो रोसो फोर टायर, डब्लुपी स्टेयरिङ ड्याम्पर तथा केटीएमले आफ्नै रूपमा विकास गरेको नयाँ डब्लुपी रेडियल ब्रेकिङ प्रणाली समावेश गरिएको छ। यी विशेषताले उच्च गतिमा स्थिरता र ब्रेकिङ क्षमता सुधार गर्ने बताइएको छ।
सस्पेन्सन प्रणालीमा पनि उल्लेखनीय सुधार गरिएको छ। अगाडिको भागमा ४३ एमएमको डब्लुपी एपेक्स ओपन–काट्र्रिज यूएसडी फोर्क जडान गरिएको छ, जसले १५० एमएम ट्राभल प्रदान गर्छ। यसमा कम्प्रेसन र रिबाउन्ड ड्याम्पिङ समायोजन गर्न सकिने सुविधा उपलब्ध छ।
पछाडिको भागमा एड्जस्टेबल ग्यास असिस्टेड मोनोट्युब शक अब्जर्भर प्रयोग गरिएको छ, जसले १७० एमएम ट्राभल प्रदान गर्छ। यसमा रिबाउन्ड ड्याम्पिङ तथा प्रिलोड समायोजन गर्न सकिन्छ। राइडरले सहज तरिकाले चलाउन सकिने फाइभ–क्लिक डायलमार्फत सस्पेन्सन सजिलै समायोजन गर्न सक्ने सुविधा पनि दिइएको छ।
इन्जिनतर्फ भने केटीएमले अघिल्लो मोडलकै ७९९ सीसी क्षमताको एलसी८सी प्यारालल–ट्विन इन्जिनलाई निरन्तरता दिएको छ। यो इन्जिनले अधिकतम १०५ एचपी पावर उत्पादन गर्छ। इन्जिन युरो–५ प्लस उत्सर्जन मापदण्डअनुसार तयार गरिएको छ।
कम्पनीका अनुसार २०२७ केटीएम ७९० ड्युक आगामी जुलाई महिनाको अन्त्यदेखि विभिन्न अन्तर्राष्ट्रिय बजारमा उपलब्ध हुनेछ। यद्यपि, हाल यो मोडल भारतीय बजारमा बिक्रीका लागि उपलब्ध छैन। यदि केटीएमले भविष्यमा भारतमा यो मोडल सार्वजनिक गरेमा, कम्पनीको लाइनअपमा ३९० ड्युक र ९९० ड्युकबीचको महत्वपूर्ण स्थान ओगट्ने अपेक्षा गरिएको छ। नेपाली बजारमा पनि भविष्यमा आवश्यकता अनुसार केही संख्यामा भित्रिने अनुमान गर्न सकिन्छ ।
केटीएमले.आफ्नो इलेक्ट्रिक स्कुटरको परीक्षण सुरु गरेको छ । केटीएमको पहिलो...
काठमाडौं – नेपाली बजारमा ईएफआई प्रविधियुक्त क्रसएक्स २५०आर मोटरसाइकल...
चीनीयाँ ब्रान्ड सिएफमोटो एड्भेन्चर, सुपर स्पोर्टस्, टुरर र स्पोर्टस...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...