फिलिपिन्सका टप फाइभ अटो ब्रान्डमा प्रवेश ग-यो बीवाईडी, बजार संरचनामै ठूलो परिवर्तन
फिलिपिन्सको अटोमोबाइल बजारमा चिनियाँ कार निर्माता कम्पनी बीवाईडी बजार...
चिनियाँ अटो जायन्ट बीवाईडीले बेलायती बजारमा आफ्नो पकड बलियो बनाउँदै लगेको छ । कम्पनीले बेलायतमा आफ्नो १ लाख औं कार ग्राहकलाई हस्तान्तरण गरेको छ । कम्पनीका कार्यकारी उपाध्यक्ष हे झिकीले सामाजिक सञ्जाल वेइबोमार्फत यसवारे जानकारी दिएका हुन् ।
साथै उनले, बीवाईडी बेलायतको अटोमोबाइल बजारमा ५ प्रतिशत बजार हिस्सा ओगट्ने सबैभन्दा छिटो ब्रान्ड बनेको दाबी समेत गरे ।
सवारीसाधनको बिक्रीसँगै बीवईडीले आफ्नो चार्जिङ नेटवर्कलाई पनि तीव्र गतिमा अघि बढाउने तयारी गरेको छ । कम्पनीले पश्चिम लन्डनको उक्सब्रिजमा बेलायतकै पहिलो ’फ्ल्यास चार्जिङ स्टेशन’ को सफल परीक्षण गरेको छ ।
हाल उक्सब्रिजमा राखिएको चार्जर केवल प्रविधिको प्रदर्शनका लागि मात्र भए पनि बीवईडीले सन् २०२६ को अन्त्यसम्ममा बेलायतभर ३०० वटा यस्ता फ्ल्यास चार्जरहरू स्थापना गर्ने लक्ष्य राखेको छ ।
कम्पनीले युरोपमा ३ हजारसहित विश्वभर ६ हजार वटा यस्ता अत्याधुनिक चार्जिङ स्टेशनहरू बनाउने योजना बनाएको छ । यसअघि चीनमा सेवा सुरु भएको २७ दिनभित्रै बीवाईडीले ५ हजारभन्दा बढी फ्ल्यास चार्जरहरू सञ्चालनमा ल्याइसकेको छ ।
फिलिपिन्सको अटोमोबाइल बजारमा चिनियाँ कार निर्माता कम्पनी बीवाईडी बजार...
काठमाडौं– बीवाईडीको लोकप्रिय ह्याचब्याक कार डल्फिनले १० लाख युनिट...
बीवाईडीले आफ्नो सबैभन्दा महंगो मोडल याङवाङ यू९ इलेक्ट्रिक सुपर कारलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...