रोयल इन्फिल्डले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल ४ नोभेम्बरमा सार्वजनिक गर्ने
रोयल इन्फिल्डले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक गर्ने भएको छ ।...
दि हिमालय मोटरसाइकल एक्सपेरियन्सले हरेक वर्ष आयोजना गर्दै आएको ‘म्याङ्गो राइड’ यस वर्ष असार ५ गतेदेखि ८ गतेसम्म सञ्चालन गर्ने भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिने यस राइडमा सहभागी राइडरहरूलाई बगैंचामै पुगेर अर्गानिक आँपको स्वाद लिने र नेपाली बारीको आँप प्रबर्द्धन गरिने जनाइएको छ ।
सो राइड काठमाडौं देखि प्रारम्भ भएर कुरिनटार, चितवन, सौराहा, ठोरी, वीरगन्ज, बर्दिबास, लहान, आँप फार्म हुँदै फेरि बर्दिबास, भीमान, हेटौंडा, कुलेखानी हुँदै काठमाडौंमा समापन हुनेछ । सो राइडको मुख्य प्रायोजक रोयल इन्फिल्ड नेपाल रहेको छ भने ट्राभल पार्टनर नेपाल पर्यटन बोर्ड रहेको छ ।
क्लबका अनुसार ‘म्याङ्गो राइड’ ले पर्यटकलाई ग्रामीण भेगसँग जोड्दै स्थानीय उत्पादनको प्रवर्द्धनमा समेत टेवा पुर्याउनेछ । दि हिमालय मोटरसाइकल एक्सपेरियन्सले देशका विभिन्न स्थानमा नयाँ–नयाँ रुटहरूको खोजी गर्दै भ्रमण गर्ने, त्यहाँको वस्तुस्थिति अवलोकन गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने कार्य गर्दै आएको जनाएको छ ।

सन् २०१५ मा चार जनाबाट सुरु भएको यस क्लबले कोरोना महामारी र मधेस आन्दोलनको अवधिबाहेक हरेक वर्ष असारको पहिलो शुक्रबारदेखि नियमित रूपमा राइड आयोजना गर्दै आएको छ । क्लबका सदस्यहरू हालसम्म करिब ७० जिल्लामा पुगिसकेका छन् ।
यसका साथै क्लबले विभिन्न सामाजिक संस्था, विद्यालय तथा आश्रमहरूमा सहयोग पुर्याउने, प्राकृतिक विपत्तिका समयमा राहत कार्यमा सहभागी हुने जस्ता सामाजिक कार्यहरू पनि गर्दै आएको छ । विभिन्न स्थानमा आयोजना गरिने राइडका क्रममा ट्राफिक सचेतना, सडक सुरक्षा लगायत विषयमा जनचेतना फैलाउने र च्यारिटी राइड सञ्चालन गर्ने कार्यलाई पनि निरन्तरता दिइएको छ ।
गत वर्ष सम्पन्न आठौं ‘म्याङ्गो राइड’ को अवसरमा लहानस्थित मुसहर बस्तीका करिब २०० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै उनीहरूको परिवारलाई झुल उपलब्ध गराइएको थियो । उक्त कार्यक्रमको उद्घाटन पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले गरेका थिए । यस वर्षको म्याङगो राइडमा पनि विशिष्ट व्यक्तित्वको सहभागिता गराइने आयोजकले जनाएको छ ।
रोयल इन्फिल्डले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक गर्ने भएको छ ।...
काठमाडौं – नेपालका लागि रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक वितरक अल्फा...
काठमाडौं – विश्वव्यापी स्मार्टफोन ब्रान्ड ओप्पोले आगामी नेपाली नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...