ट्राफिक नियम उल्लघंन गर्ने २ हजार ५९८ जना कारबाहीमा, एकैदिन १७ लाख ८६ हजार राजस्व सङ्कलन

काठमाडौँ–बितेका २४ घण्टामा दुई हजार ५९८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार ५०१ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १६८ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १२०, निषेधित क्षेत्रमा हर्न बजाउने १२६, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १५६, एकतर्फी सडकमा सवारी चलाउने १८६ र अन्य सवारी नियम पालना नगरेका एक हजार ३५६ जनालाई कारबाही गरिएको हो ।

सम्बन्धित समाचारहरू

नाडाले ट्राफिक जनचेतनामूलक कार्यक्रममा सहयोग गर्ने

नाडाले ट्राफिक जनचेतनामूलक कार्यक्रममा सहयोग गर्ने

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ...

काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले थाल्यो ‘यात्रुसँग दुई मिनेट’ कार्यक्रम

काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले थाल्यो ‘यात्रुसँग दुई मिनेट’ कार्यक्रम

काठमाडौँ – काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आजदेखि साताव्यापी...

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण, केक काटेर खुसी साटे

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण, केक काटेर खुसी साटे

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...