बिहानै मापसे जाँच : १६ चालक ट्राफिक प्रहरीको कारबाहीमा
काठमाडौं–ट्राफिक प्रहरीले आज बिहान मादक पदार्थ सेवन (मापसे) परीक्षणको...
काठमाडौं - श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङलाई ट्राफिक नियम उल्लंघन गरेको कसुरमा कानुनी कारबाही गरिएको छ।
सामाजिक सञ्जालमा प्राप्त व्यापक जनगुनासो र भिडियो प्रमाणका आधारमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले उनीमाथि कारबाही गरेको हो।
केही दिनअघि उदयपुरको कटारीबाट फर्कने क्रममा राईले एक हातले मोटरसाइकलको ह्यान्डल समातेर अर्को हातले मोबाइल फोनमार्फत सेल्फी भिडियो खिच्दै सवारी चलाएका थिए। सोही क्रममा उनले सुरक्षाका लागि अनिवार्य मानिने हेल्मेटको फिता (स्ट्र्याप) समेत नलगाएको देखिएको थियो। उक्त लापरवाहीका कारण उनी सवार मोटरसाइकल सडकमा सामान्य अनियन्त्रित समेत बनेको थियो।
उनले सो भिडियो आफैं सामाजिक सञ्जालमा पोस्ट गरेपछि नियम बनाउने तहमा रहेका जनप्रतिनिधिले नै सडकमा लापरवाही गरेको भन्दै सर्वसाधारणले प्रहरीलाई मेन्सन गर्दै तत्काल कारबाही गर्न माग गरेका थिए। सार्वजनिक भएको रसिद र विज्ञप्तिमा राईलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ (१) को खण्ड ‘ङ’ को उपखण्ड १८ बमोजिम ‘लापरवाहीका साथ सवारी चलाएको’ कसुरमा सुनसरीको इटहरीमा चिट काटिएको छ।
ट्राफिक प्रहरीले सामाजिक सञ्जालमार्फत आधिकारिक जानकारी दिँदै भनेको छ, “सामाजिक सञ्जालमार्फत ट्राफिक नियम पालना नगरी सवारी चलाएको सम्बन्धमा प्राप्त जनगुनासोका आधारमा माननीय हर्कराज राईलाई आवश्यक कानुनी कारबाही गरिसकेको जानकारी गराइन्छ।”
काठमाडौं–ट्राफिक प्रहरीले आज बिहान मादक पदार्थ सेवन (मापसे) परीक्षणको...
फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर जाने सडक...
आईपीएल २०२५ मा सोमवार जयपुरमा भएको राजस्थान रोयल्स र गुजरात टाइटन्सबीचको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...