सोसल मिडियामा बीएमडब्ल्युको म्याक्सी स्कुटर सार्वजनिक, यस्तो छ विशेषता
बीएमडब्ल्यु मोटरराडले भारतीय बजारमा नयाँ म्याक्सी स्कुटर लन्च गर्ने...
काठमाडौंः बीएमडब्लू गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी प्रिमियम मोटर्सले सरकारले लागू गरेको नयाँ कर नितीपछि बीएमडब्लूका विद्युतीय गाडीहरूको मूल्य संशोधन गरेको जनाएको छ ।
जसअन्तर्गत, बीएमडब्लू आईएक्स१ ई–ड्राइभ२० को मूल्य रु. १ करोड ९९ लाख ९६ हजारबाट बढेर ३ करोड २९ लाख ९६ हजार रुपैयाँ पुगेको छ । यस मोडेलको मूल्य एकैपटक १ कारोड ३० रुपैयाँ वृद्धि भएको हो ।
सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ईभीमा लाग्ने करको व्यवस्था परिवर्तन गरेपछि बीएमडब्लूका विद्युतीय गाडीको मूल्य एकैपटक भारी रकमले बढेको हो । नयाँ व्यवस्थाअनुसार अब ईभीमा लाग्ने कर मोटरको क्षमता भन्दा पनि गाडीको आयात मूल्यका आधारमा निर्धारण गरिनेछ । यसले विशेषगरी उच्च मूल्यका विद्युतीय गाडीहरूमा बढी प्रभाव परेको छ ।
नयाँ कर नितीले बीएमडब्लू आईइएक्स१ मात्र नभई ब्रान्डका अन्य विद्युतीय मोडलहरूको मूल्यमा पनि वृद्धि भएको लक्ष्मी प्रिमियम मोटर्सले जनाएको छ । नयाँ कर संरचनाका कारण विभिन्न मोडलमा फरक–फरक दरले मूल्य समायोजन गरिएको छ ।
नयाँ नीति लागू भएपछि प्रिमियम तथा लक्जरी ईभी ब्रान्ड सबैभन्दा बढी प्रभावित भएका छन् । यसले नेपालमा विद्युतीय सवारीसाधनको मूल्य संरचनामा ठूलो परिवर्तन ल्याएको छ ।
मूल्य वृद्धि भए पनि बीएमडब्लूका विद्युतीय गाडीहरूले अत्याधुनिक प्रविधि, उच्च सुरक्षा, उत्कृष्ट आरामदायी अनुभव तथा शून्य उत्सर्जनयुक्त ड्राइभिङ अनुभव प्रदान गरिरहने कम्पनीको भनाइ छ । नेपाली ग्राहकलाई बीएमडब्लूका नवीनतम विद्युतीय सवारीसाधन उपलब्ध गराउन आँफूहरु प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।
बीएमडब्ल्यु मोटरराडले भारतीय बजारमा नयाँ म्याक्सी स्कुटर लन्च गर्ने...
बीएमडब्ल्युले नयाँ प्लेटफर्म न्यु क्लासेमा आधारित फ्ल्यागसिप मोडल आई३...
बजेटमा सरकारले २ सय सीसी माथिका मोटरसाइकलमा यसअघि लाग्दै आएको भन्सार र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...