एक हप्तामै नयाँ एट्टो ३ ले पायो ३० हजार बढी अर्डर, नेपालमा प्रतीक्षा

बीवाईडीको नयाँ एट्टो ३ ले एक हप्तामै ३० हजारभन्दा बढी अर्डर प्राप्त गरेको छ । घरेलु बजारमा युआन प्लसको नामले बिक्री हुने सो विद्युतीय एसयूभीको सुरुवाती मूल्य चिनियाँ बजारमा १६ हजार ६०० अमेरिकी डलर निर्धारण गरिएको छ ।

बीवाईडीको ई–प्लेटफर्म ३.० ईभो आर्किटेक्चरमा निर्माण गरिएको नयाँ एट्टो ३ मा कम्पनीको सेकेन्ड जेनेरेसन ब्लेड ब्याट्री जडान गरिएको छ । फ्ल्यास चार्जर समेत सपोर्ट गर्ने यस एसयूभीमा ५७.५ किलोवाट आवर र ६८.५ किलोवाट आवर क्षमताको ब्याट्री विकल्प दिइएको छ । जसले क्रमशः ५४० किलोमिटर र ६३० किलोमिटर सीएलटीसी रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।

यसअघिको मोडलले भन्दा १२० किलोमिटर रेन्ज प्रदान गर्ने नयाँ एट्टो ३ लाई फ्ल्यास चार्जिङको सहायतामा ९ मिनेटमै १० देखि ९७ प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । रेन्ज र चार्जिङ दुबैमा ब्यापक सुधार भएका कारण यसको माग चीनसहित विश्वका अन्य बजारमा समेत ब्यापक वृध्दि हुने अनुमान गरिएको छ ।

नयाँ एट्टो ३ आकारका हिसावले समेत केही ठूलो भएर आएको छ । यसको लम्बाई ४,६६५ एमएम, चौडाइ १,८९५ एमएम र उचाइ १,६७५ एमएम तथा ह्विलवेश २,७७० एमएम छ । साथै, यसको अगाडि १८० लिटरको पावर ट्रंक र पछाडि ७५० किलोमिटर क्षमताको कार्गो स्पेस दिइएको छ ।

कारलाई आरामदायी बनाउन बीवाईडीले यसको अगाडि म्याकफर्सन र पछाडि फाईभ लिंक इनडिपेन्डेन्ट सस्पेन्सन सेटअप उपलब्ध गराएको छ । साथै, यसमा डिसस–सी इन्टेलिजेन्ट ड्याम्पिङ बडी कन्ट्रोल सिस्टम, आईट्याक २.० टर्क कन्ट्रोल र टीबीसी टायर ब्लोआउट लागयत आधुनिक फिचर समेत उपलब्ध गराइएको छ ।

नयाँ एट्टो ३ को उच्च ट्रिममा बीवाईडीले आफ्नो उन्नत ड्राइभर एसिस्टेन्ट सिस्टम डीपायलट ३०० समेत उपलब्ध गराएको छ । कारमा ३० भन्दा बढी सेन्सरजडित अत्याधुनिक लिडार समेत राखिएको छ ।

नयाँ एट्टो ३ नेपाली बजारका लागि समेत प्रतीक्षा गरिएको एसयूभी हो । यसअघिको मोडलले निकै राम्रो बजार पाएको सन्दर्भमा नयाँ एट्टो ३ अहिलेदेखि नै नेपाली ईभी पारखीमाझ चर्चाको विषय बनिरहेको छ ।

सम्बन्धित समाचारहरू

१० लाख कार निर्यातको लक्ष्य पुरा गर्दै बीवाईडी, प्रमुख ११ अटोमोटिभ बजारमा टेस्लालाई उछिन्यो

१० लाख कार निर्यातको लक्ष्य पुरा गर्दै बीवाईडी, प्रमुख ११ अटोमोटिभ बजारमा टेस्लालाई उछिन्यो

बीवाईडीले २०२५ मा १० लाख सवारी साधन निर्यात गर्ने महत्वपूर्ण माइलस्टोन...

भक्तपुरको सल्लाघारीमा खुल्यो बीवाईडीको नयाँ शोरुम

भक्तपुरको सल्लाघारीमा खुल्यो बीवाईडीको नयाँ शोरुम

बीवाईडीले भक्तपुर सल्लाघारीमा नयाँ सुविधा सम्पन्न शोरुम सञ्चालनमा...

नाडा अटो शो २०२५ मा लन्च भएको बीवाईडी एट्टो २ मा के छन् फिचर र अफर ? विस्तृत जानकारी

नाडा अटो शो २०२५ मा लन्च भएको बीवाईडी एट्टो २ मा के छन् फिचर र अफर ? विस्तृत जानकारी

काठमाडौं – नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...