३ लाख रुपैयाँमा लन्च भयो सुजुकी एभेनिस, प्रिमियम सेग्मेन्टमा उत्कृष्ट रहेको दावी
लामो समयको प्रतीक्षा पश्चात सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ आज लन्च भएको छ ।...
मारुती सुजुकीले मे २०२६ मा कम्पनीको इतिहासमै उच्च मासिक बिक्री रेकर्ड कायम गर्दै कुल २ लाख ४२ हजार ६८८ युनिट सवारी साधन बिक्री गरेको छ।
मारुती सुजुकीले मे महिनामा घरेलु बजारमा मात्र १ लाख ९३ हजार ५३५ युनिट सवारी बिक्री गरेको छ, जुन कम्पनीको अहिलेसम्मकै उच्च घरेलु मासिक बिक्री हो। गत वर्षको सोही अवधिमा कम्पनीले १ लाख ३५ हजार ९६२ युनिट बिक्री गरेको थियो।
कम्पनीको बिक्रीमा साना तथा कम्प्याक्ट कारको महत्वपूर्ण योगदान रहेको छ । कम्पनीको अल्टो के१०, एस-प्रेसो, स्विफ्ट, वागनआर, बलेनो र डिजायरजस्ता मोडलहरू ९७ हजार ८३० युनिट बिक्री भएको छ । साथै ब्रेजा, ग्रान्ड भिटारा, फ्रन्क्स, इन्भिक्टो र एर्टिगाजस्ता मोडलहरु ७९ हजार २६७ युनिट बिक्री भएको छ। मे महिनामा मारुती सुजुकीले ४१ हजार ९१४ भेहिकल विभिन्न अन्तर्राष्ट्रिय बजारमा निर्यात गरेको छ ।
मारुती सुजुकीको ह्याचब्याक सेगमेन्टमा वागनआर, अल्टो के१०, बलेनो र स्विफ्ट, सेडान सेगमेन्टमा डिजायर, एमपीभी सेगमेन्टमा एर्टिगा र एसयूभी सेगमेन्टमा ब्रेजा, फ्रन्क्स, इन्भिक्टो र ग्रान्ड भिटाराको बिक्री उच्च रहेको छ । कम्पनीको पहिलो इलेक्ट्रिक एसयूभी ई–भिटाराको पनि लोकप्रयता बढ्दै गएको देखिएको छ।
लामो समयको प्रतीक्षा पश्चात सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ आज लन्च भएको छ ।...
सुजुकीले वर्गम्यान स्कुटरको नयाँ भेरियन्ट लन्च गरेको छ । स्ट्रिट इएक्स...
मारुती सुजुकीले अक्टोबरमा हालसम्मकै धेरै कार बिक्री गरेको छ । गत महिना...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...