अब सीएफमोटोका स्पेयर पार्ट्स तथा सेवा देशभर सुलभ र किफायती मूल्यमा उपलब्ध
काठमाडौं – ग्राहक सन्तुष्टि र आफ्टर–सेल्स सेवालाई अझ प्रभावकारी बनाउने...
युनो मिन्डाले सवारी चालकको सेफ्टी र उत्कृष्ट भिजिविलिटीलाई ध्यानमा राख्दै नयाँ मेटल वाइपर ब्लेड लन्च गरेको छ। ताइवानको उन्नत प्रविधिमा आधारित सो वाइपर ब्लेड वर्षा, धुलो र प्रतिकूल मौसमीय अवस्थामा प्रभावकारी रहने कम्पनीले जनाएको छ।
वर्षायाममा विन्डशिल्डमा जम्ने पानी, धुलो र अन्य फोहोरका कारण भिजिविलिटीमा प्रभावित हुन सक्छ। यस्तो अवस्थामा गुणस्तरीय वाइपर ब्लेडले चालकलाई सुरक्षित रूपमा सवारी सञ्चालन गर्न महत्वपूर्ण सहयोग पुर्याउँछ । यही आवश्यकतालाई मध्यनजर गर्दै युनो मिन्डाले आफ्नो नयाँ मेटल वाइपर ब्लेड बजारमा ल्याएको हो।
नयाँ वाइपर ब्लेडमा ताइवानी प्रविधिको प्रयोग गरिएको छ । सो वाइपरको प्रेशर ब्यालेन्स्ड फ्रेम डिजाइनका कारण विन्डशिल्डभर समान दबाब कायम रहन्छ, जसले पानी वा फोहोरका दागहरू बन्नबाट रोक्न मद्दत गर्छ। साथै, ब्लेडमा प्रयोग गरिएको रबरमा ग्रेफाइट र टेफ्लोन कोटिङ गरिएको छ, जसले घर्षण कम गरी वाइपर सञ्चालनलाई अझ शान्त र सहज बनाउँछ।
कम्पनीका अनुसार नयाँ वाइपर ब्लेडलाई उत्पादनको समयमा ५ लाखभन्दा बढी वाइपिङ चक्र परीक्षणबाट गुजारिएको थियो । साथै वाइपर ब्लेडमा समावेश गरिएको युनिभर्सल एडाप्टर सिस्टमले ९५ प्रतिशतभन्दा बढी सवारी साधनमा जडान गर्न सकिने सुविधा प्रदान गर्छ, जसले स्थापना प्रक्रियालाई निकै सहज बनाउँछ।
नयाँ वाइपर ब्लेडको मूल्य भारतीय बजारमा १८० देखि ४०५ भारुसम्म निर्धारण गरिएको छ। ग्राहकहरूले यी उत्पादनहरू विभिन्न अमेजन, फ्लिपकार्ट र युनो मिन्डाका अनलाइन माध्यमबाट सहजै खरिद गर्न सक्नेछ ।
काठमाडौं – ग्राहक सन्तुष्टि र आफ्टर–सेल्स सेवालाई अझ प्रभावकारी बनाउने...
यातायात व्यवस्था विभागमा आगजनीपछि लाखौँ प्लेट जले, सरकारी योजना...
काठमाडौं – एक्साइड ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...