सेरेस ३ नेपालमा, यस्ता छन् बहुप्रतीक्षित ‘सेरेस ३’ का विशेषताहरु
एमएडब्लु वृद्धि अटोकर्पले नेपालमा विश्वव्यापी रुपमा प्रशंसा पाएको नयाँ...
काठमाडौं–नेपालको अग्रणी अटोमोबाइल घराना वैद्य अर्गनाइजेसन नेपालका लागि अल्ट्राभोइलेटको आधिकारिक वितरक र आयातकर्ता नियुक्त भएको छ ।
भारतीय प्रिमियम इलेक्ट्रिक मोटरसाइकल उत्पादक अल्ट्राभोइलेटले वैद्यज अर्गनाइजेसनलाई नेपालका लागि नयाँ बिक्रेता नियुक्त गरेको हो ।
यसअघि नेपालमा अल्ट्राभोइलेटका मोटरसाइकल केडिया ग्रुपले बिक्री वितरण गर्दै आएको थियो । यसअघि प्रिमियम इलेक्ट्रिक ब्राण्ड एथरका स्कुटर बिक्री गर्दै आएको कम्पनीले अब अल्ट्राभोइलेटका इलेक्ट्रिक मोटरसाइकल पनि बिक्री गर्ने भएको हो ।
अल्ट्राभोइलेटको डिलरशिप पाएसँगै वैद्यज अर्गनाइजेसनले आक्रामक बजार विस्तारको योजना अघि बढाएको छ । कम्पनीले देशभरका ग्राहकहरूलाई विश्वस्तरीय स्वामित्वको अनुभूति दिलाउन प्रिमियम शोरुम अनुभव, अत्याधुनिक सर्भिस पूर्वाधार निर्माण र भरपर्दो बिक्रीपछिको सेवा नेटवर्क उपलब्ध गराउनमा ध्यान केन्द्रित गर्ने भएको हो ।
अल्ट्राभोइलेटका सीईओ तथा सहसंस्थापक नारायण सुब्रमण्यमले वैद्यज अर्गनाइजेसनसँग साझेदारी गर्न पाउँदा आफू उत्साहित रहेको बताए ।
‘नेपालमा अल्ट्राभोइलेटको अनुभवलाई अझ सुदृढ र विस्तार गर्न वैद्यज अर्गनाइजेसनसँग साझेदारी गर्न पाउँदा हामी उत्साहित छौं । यो सहकार्य हाम्रो विश्वव्यापी यात्रामा एउटा महत्त्वपूर्ण अध्याय हो, किनकि हामी हाम्रा फ्ल्यागसिप उत्पादनहरू एफ ७७ सिरिजका साथ अन्तर्राष्ट्रिय स्तरमा तीव्र रूपमा विस्तार भइरहेका छौं । यी मोटरसाइकलहरू भारतमा डिजाइन र निर्माण गरिएका हुन् । जसले डिजाइन, प्रविधि र प्रफर्मेन्सप्रतिको हाम्रो प्रतिबद्धता र अर्को पुस्ताको गतिशीलताको उत्कृष्ट नमुना झल्काउँछन्,’ उनले भने ।
उनले वैद्यज अर्गनाइजेसन प्रिमियम मोटरसाइकल ब्राण्डहरू स्थापित गर्ने र बढाउन आफ्नो विशेषज्ञता प्रमाणित गरिसकेको बताए । ‘वैद्यज अर्गानाइजेसनसँग मिलेर ग्राहकलाई उत्पादनको पोर्टफोलियो, अत्याधुनिक प्रविधि र विश्वस्तरीय बिक्रीपछिको सेवासम्मको पूर्ण इकोसिस्टम प्रदान गर्नेछौ’ सुब्रमण्यमले भने ।
वैद्यज अर्गनाइजेसनका सीईओ सूर्यांश वैद्यले कम्पनीको पोर्टफोलियोमा अल्ट्राभोइलेट थपिएसँगै नेपालको ईभी मोटरसाइकल बजार पूर्ण रूपमा नयाँ युगमा प्रवेश गर्ने बताए ।
‘नेपाली अटोमोबाइल बजार द्रुत गतिमा विकसित भइरहेको छ। आजका ग्राहकहरू केवल यात्राका लागि सवारी साधन मात्र खोजिरहेका छैनन्, उनीहरू प्रविधि, उत्कृष्ट प्रफर्मेन्स, प्रिमियम डिजाइन र विश्वस्तरीय स्वामित्वको अनुभव पनि चाहन्छन्। हाम्रो पोर्टफोलियोमा अल्ट्राभोइलेट थपिएसँगै नेपालको ईभी मोटरसाइकल बजार पूर्ण रूपमा नयाँ युगमा प्रवेश गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौं,’ उनले भने ।
अल्ट्राभोइलेट इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड मात्र नभई यो एरोस्पेस ग्रेड टेक्नोलोजी, फ्युचरिस्टिक डिजाइन, उन्नत ब्याट्री प्रणाली र स्मार्ट कनेक्टिभिटी सुविधाहरू सहित इन्जिनियर गरिएको अर्को पुस्ताको प्रिफर्मेन्स मोबिलिटी प्लेटफर्म हो । यो युरोपसँगै विश्वभर पर्फमेन्स, इनोभेसन र प्रविधिमा आधारित राइडिङ अनुभवको उत्कृष्ट मिश्रण प्रदान गर्ने ब्राण्डको रूपमा परिचित छ ।
एक्स ४७ क्रसओभर ल्याउँदै
कम्पनीले डिलरशिप पाएसँगै बजार विस्तारमा आक्रमक रूपमा लाग्ने तयारी गरेको छ । कम्पनीले चाँडै नेपालमा अल्ट्राभोइलेटको बहुप्रतिक्षित एक्स ४७ क्रसओभर मोटरसाइकल नेपाल ल्याउने भएको हो । एक्स ४७ क्रसओभरको प्री बुकिङ छिट्टै सुरू गर्ने कम्पनीले जनाएको छ ।
एक्स ४७ क्रसओभर आफ्नो सेगमेन्टमा इन्टिग्रेटेड राडार भएको विश्वकै पहिलो मोटरसाइकल समेत हो । एक्स ४७ दैनिक राइडरहरू, रोमान्चक यात्रा मन पराउनेहरू र उत्साहीहरूका लागि इन्जिनियरिङ र निर्माण गरिएको छ ।
त्यस्तै, कम्पनीले नेपालमा अल्ट्राभोइलेटमा एफ ७७ को ओरिजिनल र एफ ७७ रिकन मोडलको बुकिङ खुलाएको छ । कम्पनीले एफ ७७ को ओरिजिनल मोडलको सुरूवाती मूल्य ८ लाख ११ हजार र एफ ७७ को रिकनको मूल्य ९ लाख ६९ हजार रुपैयाँ तोकेर बुकिङ खुलाएको हो ।
एफ ७७ मोटरसाइकलमा १०.३ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । यसले एकपटकको फुलचार्जमा ३२३ किमी आइडीसी रेन्ज दिनेछ । यसमा ३० किलोवाटको इलेक्ट्रिक मोटर छ । जसले १०० न्युटन मिटर टर्क प्रदान गर्छ ।

यो बाइकले मात्र २.८ सेकेन्डमा ० देखि ६० किमी प्रतिघण्टाको स्पिड भेटाउन सक्छ । यसको टप स्पीड १५५ किमी प्रतिघण्टा छ । यसमा रहेको ३९ लेभल ट्रयाक्सन कन्ट्रोल सिस्टमले विभिन्न सडक परिस्थितिहरूमा उत्कृष्ट पकड र स्थिरता सुनिश्चित गर्दछ । यसमा १० लेभलको रिजेनेरेटिभ ब्रेकिङ प्रणाली छ । जसले थप सुविधा प्रदान गर्दै प्रभावकारी रूपमा यसको रेन्ज बढाउँछ ।
यसमा डाइनामिक स्टेबिलिटी कन्ट्रोल छ । जसले माइल्ड, एक्टिभ वा प्यानिक ब्रेकिङका बेला पूर्ण नियन्त्रण र स्थिरता सुनिश्चित गर्न एबीएससँग रिजेनेरेटिभ ब्रेकिङ लेभललाई सहज रूपमा मिलाउँछ । जसले राइडिङलाई सुरक्षित बनाउँछ । यसको हिल होल्ड फिचरले उकालो सडकहरूमा बारम्बार ब्रेक नदबाए पनि मोटरसाइकललाई स्थिर राख्न मद्दत गर्दछ ।
एमएडब्लु वृद्धि अटोकर्पले नेपालमा विश्वव्यापी रुपमा प्रशंसा पाएको नयाँ...
नेपाली बजारमा धेरै नयाँ कार बिक्री नभइरहेको अवस्था भए पनि विश्व बजारमा सन्...
विश्वकै अग्रणी यु इनर्जी भेइकल र पावर ब्याट्री निर्माता कम्पनी बीवाईडीले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...