यस्तो छ निसानको नयाँ टेक्टन एसयूभी, जुलाई ९ मा विश्वव्यापी डेब्यु गर्ने

निसानले भारतीय बजारमा नयाँ मिड साइज एसयूभी निसान टेक्टन चाँडै लन्च गर्ने तयारी गरेको छ। कम्पनीले सो नयाँ एसयूभीलाई जुलाई ९, २०२६ मा विश्वव्यापी रूपमा डेब्यु गर्ने घोषणा गरेको छ। लन्चपछि सो मोडलले हुन्डाई क्रेटा, किया सेल्टोस, मारुती सुजुकी ग्रान्ड भिटारा, टोयोटा हाइराइडर र नयाँ रेनो डस्टरसँग प्रतिस्पर्धामा गर्नेछ ।

निसान टेक्टनलाई सीएमएफ–बी मोड्युलर प्लेटफर्ममा तयार गरिएको छ। यसको फ्रन्ट भागको ठुलो क्रोम ग्रिल, पातलो एलईडी डीआरएल र कनेक्टेड एलईडी लाइटले एसयूभीलाई आकर्षक बनाएको छ । यसमा २१२ एमएमको ग्राउन्ड क्लियरेन्स र १८ इन्चका अलोय ह्विल दिइएको छ । पछाडिको भागमा फुल-विड्थ एलईडी लाइट बार र कनेक्टेड टेल ल्याम्प समावेश गरेको छ ।

टेक्टनमा नयाँ ड्यासबोर्ड डिजाइन, गुगल इनबिल्ट सपोर्ट भएको १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र १०.२५ इन्चको फुली डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध हुनेछ। साथै आराम र सुविधाका लागि भेन्टिलेटेड र पावर एड्जस्ट फ्रन्ट सिट, प्यानोरामिक सनरुफ, ड्युअल जोन क्लाइमेट कन्ट्रोल, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, वायरलेस चार्जर, पावर टेलगेट तथा कनेक्टेड कार टेक्नोलोजी समावेश गरिनेछ।

सेफ्टीका लागि ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल सिस्टम र लेभल २ एडास प्रविधि पनि समावेश हुनेछ । यसमा लेन-किप असिस्ट र अडैप्टिव क्रूज कन्ट्रोल जस्ता स्मार्ट सेफ्टी फिचर पनि उपलब्ध हुनेछ ।

निसान टेक्टनमा ३ फरक विकल्प इन्जिनसहित आउने अपेक्षा गरिएको छ। पहिलो १.० लिटर टर्बो पेट्रोल इन्जिन हुनेछ, जसले १०० बीएचपी पावर उत्पादन गर्नेछ। दोस्रो १.३ लिटर टर्बो पेट्रोल इन्जिन उपलब्ध हुनेछ, जसले १६३ बीएचपी पावर र २८० एनएम टर्क उत्पादन गर्नेछ। तेस्रो उत्कृष्ट माइलेज र सहज ड्राइभिङ अनुभवका लागि १.८ लिटर स्ट्रङ्ग हाइब्रिड विकल्प पनि ल्याइनेछ, जसमा इलेक्ट्रिक मोटर र १.४ किलोवाट आवर ब्याट्री समावेश हुनेछ ।

सम्बन्धित समाचारहरू

जान्नुहोस् विश्वका १५ प्रसिद्ध कार कम्पनीको नाम कसरी रहयो र यसको अर्थ के हो ?

जान्नुहोस् विश्वका १५ प्रसिद्ध कार कम्पनीको नाम कसरी रहयो र यसको अर्थ के हो ?

काठमाडौं –  हरेक कम्पनीको पहिचान कम्पनीको नामले हुने गरेको छ । हरेक...

निसानको नयाँ एसयूभीको नाम हुनेछ ‘टेक्टोन’, कम्पनीले दियो औपचारिक जानकारी

निसानको नयाँ एसयूभीको नाम हुनेछ ‘टेक्टोन’, कम्पनीले दियो औपचारिक जानकारी

निसानले आगामी दिनमा बजारमा ल्याउने सी–सेगमेन्ट एसयूभीको नाम ‘टेक्टोन’...

निसानले ल्यायो ‘निसान फेस्टिभ डिल’, नयाँ गाडी खरिदमा १५ लाखसम्म छुट

निसानले ल्यायो ‘निसान फेस्टिभ डिल’, नयाँ गाडी खरिदमा १५ लाखसम्म छुट

काठमाडौं – नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...