पारिवारिक उपयोगका लागि उत्तम इलेक्ट्रिक स्कुटर एथर रिज्टा, यस्तो छ विशेषता
एथर इनर्जीले अन्ततः आफ्नो पहिलो पारिवारिक इलेक्ट्रिक स्कुटर एथर रिज्टा...
अटोमोबाइल समूह स्टेलान्टिस र चिनियाँ अटो निर्माता कम्पनी डोङफेङ मोटरले युरोपमा ज्वाइन्ट भेन्चर गर्ने प्रारम्भिक तयारी गरेका छन् । दुवै कम्पनीले फ्रेन्च प्लान्ट प्रयोग गरी सवारी साधन उत्पादन गर्ने तयारीका साथ सो योजना तयार गरेको बताइएको छ ।
सम्झौता अनुसार संयुक्त उद्यममा स्टेलान्टिसको ५१ प्रतिशत र डोङफेङको ४९ प्रतिशत स्वामित्व रहनेछ। नयाँ कम्पनीले बिक्री तथा वितरण, उत्पादन, खरिद व्यवस्थापन तथा इन्जिनियरिङ गतिविधिमा काम गर्नेछ। विशेषगरी डोङफेङले उत्पादन गर्ने नयाँ ऊर्जा सवारीसाधन अर्थात ईभीलाई युरोपेली बजारमा विस्तार गर्ने लक्ष्य राखिएको छ।
दुवै कम्पनीले डोङफेङको प्रिमियम विद्युतीय ब्रान्ड ‘भोयाह’ अन्तर्गतका गाडीहरू युरोपका केही बजारमा बिक्री गर्ने योजना बनाएका छन्। पछिल्ला वर्षहरूमा चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनीहरूले विश्व बजारमा आफ्नो उपस्थिति तीव्र रूपमा विस्तार गरिरहेका बेला यो सहकार्यलाई युरोपेली बजारमा चिनियाँ विद्युतीय गाडीको पहुँच बढाउने रणनीतिक कदमका रूपमा हेरिएको छ।
यो सम्झौता गत साता सार्वजनिक भएको अर्को सहकार्यपछि आएको हो, जसअन्तर्गत डोङफेङले चीनमा स्टेलान्टिसका जिप र प्युजो ब्रान्डका गाडी उत्पादन गर्ने सहमति भएको थियो। अहिलेको नयाँ ज्वाइन्ट भेन्चरले भने दुवै कम्पनीबीचको सहकार्यलाई चीन बाहिर पनि विस्तार गर्ने संकेत दिएको छ।
सम्झौता अनुसार कम्पनीहरूले फ्रान्सस्थित स्टेलान्टिसको रेन्स उत्पादन केन्द्रमा डोङफेङका मोडलहरूको स्थानीय उत्पादन सम्भावनाबारे पनि अध्ययन गर्नेछन्। युरोपेली संघको स्थानीय उत्पादनसम्बन्धी नियमलाई ध्यानमा राख्दै उत्पादन प्रक्रिया अघि बढाइने बताइएको छ। यदि योजना कार्यान्वयनमा आएमा चिनियाँ प्रविधिमा आधारित विद्युतीय गाडीहरू युरोपमै उत्पादन हुने सम्भावना बढ्नेछ।
स्टेलान्टिसले हालै स्पेनमा आफ्नो अर्को चिनियाँ साझेदार लिपमोटरसँग संयुक्त उत्पादनसम्बन्धी योजना पनि सार्वजनिक गरेको थियो। त्यस्तै कम्पनीले इटालीमा कम लागतका साना विद्युतीय गाडी उत्पादन गर्ने योजना पनि अघि बढाइरहेको छ। युरोपमा आफ्ना कम प्रयोग भएका उत्पादन लाइनहरूको उपयोग बढाउने रणनीतिअन्तर्गत स्टेलान्टिसले उत्पादन साझेदारी विस्तार गरिरहेको विश्लेषण गरिएको छ।
उता डोङफेङका लागि पनि यो सम्झौता विश्वव्यापी विस्तार रणनीतिको महत्वपूर्ण हिस्सा मानिएको छ। चीन सरकारको स्वामित्व रहेको डोङफेङले सन् २०३० सम्म वार्षिक करिब ५० लाख गाडी बिक्री गर्ने लक्ष्य राखेको छ। कम्पनीले कुल बिक्रीमध्ये ४० प्रतिशतभन्दा बढी हिस्सा चीन बाहिरबाट ल्याउने योजना बनाएको छ।
युरोपेली बजारमा बढ्दो प्रतिस्पर्धा र विद्युतीय सवारीतर्फको संक्रमणलाई ध्यानमा राख्दै स्टेलान्टिस र डोङफेङबीचको सहकार्य महत्वपूर्ण मानिएको छ
एथर इनर्जीले अन्ततः आफ्नो पहिलो पारिवारिक इलेक्ट्रिक स्कुटर एथर रिज्टा...
चिनियाँ ईभी निर्माता कम्पनी सेरेसले गाडीभित्रै प्रयोग गर्न मिल्ने...
काठमाडौं – फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...