सुजुकी बर्गम्यानको लोकिप्रयता बढ्दो, एक वर्षमै २.८७ लाख युनिट बिक्री

सुजुकीको प्रिमियम स्कुटर वर्गम्यान स्ट्रिट अहिले भारतिय बजारमा निकै लोकप्रिय वनिरहेको छ । २०१८ मा लन्च भएयता यो स्कुटर हालसम्म १४ लाख युनिट बिक्री भइसकेको छ । जसमा पछिल्ला वर्षको बिक्रीले उत्साहप्रद गती लिइरहेको छ ।

एक्सेस १२५ पछि भारतमा ब्रान्डको दोस्रो सर्वाधिक बिक्री हुने यस स्कुटर ्आर्थिक वर्ष २०२६ मा समग्रमा सातौं सर्वाधिक बिक्री हुने स्कुटर बनेको छ ।

सुजुकी मोटरसाइकल इन्डियाले आर्थिक वर्ष २०२६ मा बर्गमन स्ट्रिटको २.८७ लाख युनिट बिक्री गर्न सफल भएको छ । जुन, एक आर्थिक वर्षमा बिक्री भएको हालसम्मकै सर्बाधिक धेरै युनिट हो । यस स्कुटरको बिक्री अघिल्लो आर्थिक वर्षको तुलनामा २५ प्रतिशतले बढेको छ ।

भारतमा मात्र नभई विदेशी बजारमा समेत स्कुटरको माग बृद्धि भइरहेको छ । ८ वर्षको अबधीमा कम्पनीले २ लाख ५० हजार युनिट वर्गम्यान स्ट्रिट विश्वका विभिन्न देशमा निर्यात गरेको छ ।

सुजुकी मोटरसाइकल इन्डियाको समग्र स्कुटर बिक्रीमा बर्गमन स्ट्रिटको हिस्सा २५ प्रतिशत पुगेको छ । सबै भन्दा धेरै एक्सेस १२५ ले ७० प्रतिशत हिस्सा लिएको छ ।

बर्गमन स्ट्रिटमा १२४ सीसी, सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ जसले ८.२ बीएचपी पावर र १०.२ एनएम टर्क जेनेरेट गर्दछ । भारतमा यसको मूल्य १ लाख २ हजार रुपैयाँ पर्छ ।

सुजुकी वर्गम्यान नेपाली बजारमा समेत उपलब्ध छ । नेपाली बजारमा खासै चर्चा नपाएको यस स्कुटरको मूल्य २ लाख ९८ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

११ लाख भारुमै लन्च भयो सुजुकी ई–भिटारा, नेपालमा छिट्टै बिक्री थालिने

११ लाख भारुमै लन्च भयो सुजुकी ई–भिटारा, नेपालमा छिट्टै बिक्री थालिने

मारुती सुजुकीले इलेक्ट्रिक एसयूभी ई-भिटारा आधिकारिक रूपमा लन्च गरेको छ ।...

जनवरी १ देखि भारतमा यी ब्रान्डले कारको मुल्य वृद्धि गर्दै, कसले कति बढाउँदै ?

जनवरी १ देखि भारतमा यी ब्रान्डले कारको मुल्य वृद्धि गर्दै, कसले कति बढाउँदै ?

काठमाडौं–भारतका अधिकांश अटो निर्माताले नयाँ वर्ष २०२५ को पहिलो दिनबाटै...

सस्तो कारको बिक्रीमा धेरै ब्रान्डलाई पछि पा-यो मारुती सुजुकीले, यस्तो छ तथ्य

सस्तो कारको बिक्रीमा धेरै ब्रान्डलाई पछि पा-यो मारुती सुजुकीले, यस्तो छ तथ्य

भारतका साथै नेपालमा समेत मारुती सुजुकीका कारहरु निकै लोकप्रिय छन् । विगत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...