प्रिमियम फिचरले सुसज्जित पल्सर एन१६० को नयाँ भेरिएन्ट लन्च

बजाजले आफ्नो लोकप्रिय मोडल पल्सर एन १६० को नयाँ भेरिएन्ट लन्च गरेको छ । प्रिमियम फिचरले सुसज्जित सो नयाँ भेरिएन्टको मूल्य १ लाख २२ हजार भारु निर्धारण गरिएको छ ।

नयाँ भेरिएन्टमा गोल्डन फिनिश भएको ३७ मिमी अग्लो अपसाइड–डाउन फोर्क, तीन मोडसहितको डुअल च्यानल एबीएस र असिस्ट तथा स्लिपर क्लच जस्ता प्रिमियम फिचर उपलब्ध गराइएको छ ।

साथै, सो नयाँ भेरिएन्टमा एलईडी प्रोजेक्टर हेडल्याम्प, ब्लुटुथ कनेक्टिभिटी भएको एलसीडी इन्स्ट्रुमेन्ट कन्सोल र यूएसबी टाइप सी चार्जिङ पोर्ट लगायत फिचर समेत दिइएको छ ।

पल्सर १६० एनमा १६४.८सीसी, एयर कूल्ड, सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ । जसले, ८,७५० आरपीएममा १५.८ बीएचपी पावर र ६,७५० आरपीएममा १४.६५ एनएम टर्क जेनेरेट गर्दछ । ५–स्पीड गियरबक्स जडान गरिएको यस मोटरसाइकलको अगाडी चक्कामा ३०० मिमी डिस्क र २३० मिमीको रियर डिस्क ब्रेक उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

नक्सालमा चेतकको स्टेट–अफ–द–आर्ट एक्सपेरियन्स जोन, एकै छानामुनि यस्तो सुबिधा

नक्सालमा चेतकको स्टेट–अफ–द–आर्ट एक्सपेरियन्स जोन, एकै छानामुनि यस्तो सुबिधा

काठमाडौं–बजाज चेतकले नक्सालमा नयाँ स्टेट–अफ–द–आर्ट एक्सपेरियन्स जोन...

हेटौडामा चल्दै बजाज ग्रान्ड एक्सचेन्ज मेला, नागरिकताकै भरमा बाइक पाइने

हेटौडामा चल्दै बजाज ग्रान्ड एक्सचेन्ज मेला, नागरिकताकै भरमा बाइक पाइने

हेटौडा – हेटौडामा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ भइरहेको छ । फागुन १०...

नयाँ अपडेट र पावरट्रेनसहित बजाजको इलेक्ट्रिक स्कुटर चेतक लन्च

नयाँ अपडेट र पावरट्रेनसहित बजाजको इलेक्ट्रिक स्कुटर चेतक लन्च

बजाज अटोले अपडेटेड नयाँ इलेक्ट्रिक स्कुटर चेतक लन्च गरेको छ । कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...