बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं–मेरोअटो मोटर र्यालीको छैटौं संस्करण शुक्रबारदेखि सुरू हुने भएको छ । अटोमोटिभ्स प्रालिले यस वर्षको मोटर र्याली (जेठ ८ र ९ गते) काठमाडौंदेखि पोखराको लेकसाइडसम्म आयोजना गर्ने भएको हो ।
शुक्रबार बिहान ७ बजे काठमाडौंको दरवारमार्गस्थित चार्लिज क्याफेबाट नाडा अध्यक्ष सुरेन्द्रकुमार उप्रेती र महिन्द्रा नेपाल हेड चैतन्य कागलकरले संयुक्त रूपमा फ्ल्याग अफ गर्दै र्यालीको शुभारम्भ गर्नेछन् ।
दरवारमार्गबाट सुरू हुने र्याली कलंकी–नागढुंगा–गल्छी–मुग्लिन–आँबुखैरेनी–दमौली हुँदै पोखरा लेकसाइड सुकुटे पुगेर सम्पन्न हुनेछ ।
उक्त र्यालीमा ४० भन्दा धेरै कार र १०० जना सहभागी हुने छन् । र्यालीमा अटोमोबाइल, लुब्रिकेन्ट, टायर, स्पेयर पार्ट्स, इन्स्योरेन्स, मिडिया लगायत क्षेत्रका व्यक्तिहरू सहभागी हुने छन् ।
अटोमोटिभ्स प्रालिका प्रबन्ध निर्देशक हरि गजुरेलले आन्तरिक पर्यटन प्रवद्र्धन, ड्राइभ टुरिजम कल्चर स्थापित, हाइवे ड्राइभिङ र व्यवसायिक नेटवर्किङ विस्तार गर्ने उद्देश्यले र्याली आयोजना गर्न लागिएको बताए ।
‘आन्तरिक पर्यटन प्रबद्र्धन, ड्राइभ टुरिजम कल्चर स्थापितसँगै व्यवसायिक नेटवर्किङ विस्तार गर्ने उद्देश्यले हामीले सन् २०२१ देखि वर्षेनी मोटर र्याली आयोजना गर्दै आइरहेका छौं । यस वर्ष पनि त्यसैलाई निरन्तरता दिएका हौं,’ उनले भने, ‘साथै मोटर र्यालीलाई समाजिक कार्यमा पनि अघि बढाएका छौं ।’
सीएसआर अन्तर्गत धादिङको तारुकाघाटस्थित श्री गणेशमासिंह स्मृति आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री र तनहुँ प्रहरी कार्यालयलाई उद्दार सामग्री प्रदान गरिने उनले जानकारी दिए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...