कारकाे चाबी आल्मुनियम फाइलमा किन बेरिन्छ? रिले अट्याक चोरीबाट बच्ने अचम्मको उपाय

हालका दिनमा धेरै कार मालिकले आफ्नो कारको चाबीलाई आल्मुनियम फाइलमा बेर्ने नयाँ अभ्यास अपनाउन थालेका छन्। यसको पछाडिको मुख्य कारण कार चोरीको बदलिँदो तरिका हो ।

आधुनिक कारमा अब किलेस इन्ट्रि सिस्टम प्रयोग हुन थालेको छ, जसले प्रयोगकर्तालाई चाबी खल्तीमै राखेर कार खोल्न र स्टार्ट गर्न सहज बनाएको छ । सो सुविधा सहज भए पनि यसले नयाँ प्रकारको सुरक्षा जोखिम पनि ल्याएको छ। चोरी गर्ने समूहले रिले अट्याक नामक प्रविधि प्रयोग गरेर कार चोरी गर्न थालेका छन् ।

यस विधिमा दुई जना संलग्न हुन्छन्। एक जना घर वा साँचो राखिएको स्थान नजिक बसेर चाबीको सिग्नललाई विशेष उपकरणमार्फत कैद गर्छ, र अर्को व्यक्तिले कारको नजिक बसेर त्यसै सिग्नललाई विस्तार गरी कारसम्म पुर्‍याउँछ। कारले चाबी नजिकै रहेको ठानेर आफैं अनलक हुन्छ र सजिलै स्टार्ट पनि हुन्छ। सो प्रक्रिया केही सेकेन्डमै पूरा हुन सक्ने भएकाले मालिकलाई थाहा नै नहुने अवस्था पनि आउन सक्छ।

केही अवस्थामा चाबी घरभित्र ४० देखि ५० फिट टाढा हुँदा पनि यसको सिग्नल बाहिरसम्म पुग्न सक्छ, जसले जोखिम अझ बढाउँछ। यही कारणले गर्दा धेरै मानिसहरूले चाबीलाई सिग्नल ब्लक गर्ने साधारण तरिका अपनाउन थालेका छन्, जसमा सबैभन्दा सामान्य उपाय आल्मुनियम फाइल हो।

आल्मुनियम फाइलले एक प्रकारको फ्याराडे केज जस्तै काम गर्छ। जब इलेक्ट्रोनिक चाबीलाई धातुले पूर्ण रूपमा बेरिन्छ, यसको रेडियो सिग्नल बाहिर जान सक्दैन र बाहिरी उपकरणले पनि त्यसलाई कैद गर्न सक्दैन। यसले रिले अट्याकबाट केही हदसम्म सुरक्षा प्रदान गर्छ।

यद्यपि सो उपाय पूर्ण रूपमा सुरक्षित समाधान भने होइन। सो फाइलले मद्दत गरे पनि केवल यसमा भर पर्नु उपयुक्त हुँदैन, किनभने कार चोरीका अन्य तरिकाहरू पनि छन्, जस्तै तोडफोड वा टोइङ।

केही कम्पनीले यस्तो प्रविधि विकास गरिरहेका छन् जसले चाबी र कारबीचको वास्तविक दूरी पहिचान गर्न सक्छ, जसले भविष्यमा यस्ता सिग्नल आधारित चोरी रोक्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारहरू

नेटवर्क बिस्तारमा आक्रमक बन्दै जिली, बुटवल र बिराटनगरमा नयाँ शोरुम तयार हुँदै

नेटवर्क बिस्तारमा आक्रमक बन्दै जिली, बुटवल र बिराटनगरमा नयाँ शोरुम तयार हुँदै

काठमाडौं–चिनियाँ ईभी ब्रान्ड जिलीको नेपालका लागि आधिकारीक वितरक एलआरआर...

एमजी कोमेटको मूल्यमा वृद्धि, दुई भेरिएन्टको मूल्य अब कति ?

एमजी कोमेटको मूल्यमा वृद्धि, दुई भेरिएन्टको मूल्य अब कति ?

काठमाडौं । नेपाली बजारमा उपलब्ध कम मूल्यको ईभीको रुपमा परिचित एमजी...

चीनको सबैभन्दा सुरक्षित कार बन्याे एइटो एम८, सिंगल चार्जमा १५२८ किमी यात्रा गर्न सक्षम

चीनको सबैभन्दा सुरक्षित कार बन्याे एइटो एम८, सिंगल चार्जमा १५२८ किमी यात्रा गर्न सक्षम

चीनमा हालै सबैभन्दा सुरक्षित कारको रुपमा एइटो एम८ नामक एसयूभीलाई मान्यता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...