अब बीएस७ प्रदूषण मापदण्ड, डिजेल एसयूभीको मूल्य बढाउने संकेत

भारतमा हाल बीएस७ को चर्चा चलिरहेको छ । लामो समयदेखि डिजेल इन्जिनमा भर पर्दै आएको एसयूभी नयाँ प्रदूषण मापदण्ड बीएस७ लागू भएपछि यसको लागतमा उल्लेखनीय रूपमा बढ्न सक्ने अनुमान गरिएको छ । यसले भारतमा डिजेल सवारी साधनहरूको भविष्यबारे ठुलो बहस सुरु भएको छ।

भारतमा डिजेल गाडीहरू लामो दूरीको यात्रा, उच्च टर्क र शक्तिशाली प्रदर्शन चाहने प्रयोगकर्ताहरूका लागि सधैं लोकप्रिय विकल्प रहँदै आएको छ । पहाडी सडक होस् वा लामो राजमार्ग, डिजेल इन्जिनको इन्धन दक्षता र बलियो प्रदर्शनका कारण एसयूभी सेग्मेन्टमा यसको बलियो उपस्थिति कायम रहँदै आएको छ।

बीएस७ लागू भएपछि डिजेल इन्जिनलाई अझ सफा र वातावरणमैत्री बनाउन उन्नत प्रविधि आवश्यक पर्नेछ। यसका लागि अटो कम्पनीहरूले ठुलो लगानी गर्नुपर्ने हुन्छ, जसको प्रत्यक्ष असर सवारी साधनको मूल्यमा पर्नेछ।

पछिल्ला वर्षमा डिजेल सवारी साधनको बजार हिस्सा लगातार घट्दै गएको देखिन्छ। पहिले झन्डै आधा बजार ओगट्ने डिजेल गाडीको हिस्सा अहिले करिब १८ प्रतिशतमा झरेको छ। यसको सट्टा पेट्रोल, सीएनजी र विद्युतीय सवारी साधनहरूको प्रयोग तीव्र गतिमा बढिरहेको छ ।

यद्यपि एसयूभी सेग्मेन्टमा भने डिजेल अझै बलियो रूपमा टिकिरहेको छ। महिन्द्रा एण्ड महिन्द्रा जस्ता कम्पनीका स्कोर्पियो, थार र बोलेरो जस्ता मोडेलहरू ग्रामीण क्षेत्र र लामो दूरीको प्रयोगका लागि अझै पनि अत्यन्त लोकप्रिय छन्।

रिपोर्टका अनुसार बीएस७ लागू भएपछि डिजेल सवारी साधनको मूल्य करिब ३० हजार भारुदेखि १ लाख भारु वा सोभन्दा बढीले बढ्न सक्ने सम्भावना छ। यसकाे प्रत्यक्ष असर भविष्यमा नेपालमा समेत पर्नेछ ।

सम्बन्धित समाचारहरू

अब सवारी साधनको परीक्षण प्रदूषण उपकरणबाट गरिने, यस्तो छ तयारी

अब सवारी साधनको परीक्षण प्रदूषण उपकरणबाट गरिने, यस्तो छ तयारी

काठमाडौँ – खरिद गरिएको झण्डै एक दशकपछि सवारीसाधनको जाँच गर्ने उपकरण...

टिप्स : कारमा प्रयोग हुन्छन् यी ६ प्रकारका तरल पदार्थ, गर्नुस् समयमै परिवर्तन

टिप्स : कारमा प्रयोग हुन्छन् यी ६ प्रकारका तरल पदार्थ, गर्नुस् समयमै परिवर्तन

कारलाई राम्रो कन्डिशनमा राख्नका लागि समय समयमा मर्मत गर्नुका साथै समयमै...

भारत–पाकिस्तान युद्धले इन्धन अभावको हल्ला, यस्ताे छ इन्डियन आयल  र नेपाल आयल निगमकाे भनाइ

भारत–पाकिस्तान युद्धले इन्धन अभावको हल्ला, यस्ताे छ इन्डियन आयल र नेपाल आयल निगमकाे भनाइ

इन्डियन आयल कर्पोरेसन लिमिटेड (आईओसीएल) ले देशभर पर्याप्त इन्धन भण्डार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...