ओमोडा ई५ को परिष्कृत भर्सन नेपाल आउँदै

काठमाडौं–नेपालमा ओमोडा ई५ को सफलतापछि सोहि मोडलको परिष्कृत भर्सन नयाँ ‘ई५ प्रो’ भित्रिने भएको छ । ओमोडाको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले थप परिष्कृत प्रविधि र डिजाइनका साथ नयाँ मोडल नेपाल भित्र्याउन लागेको हो । हाल नेपाली बजारमा १ हजार ५ सय भन्दा बढी ओमोडा गाडी गुडिरहेका छन् ।

ओमोडाको इलेक्ट्रिक लाइनअपको अर्को पुस्ताको रूपमा प्रस्तुत गरिएको नयाँ ई५ प्रोले स्मार्ट, कनेक्टेड र भावनात्मक मोबिलिटीको नयाँ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । आकर्षक तथा भविष्यवादी डिजाइन, थप आरामदायी इन्टेरियर, अत्याधुनिक सुरक्षा प्रविधि तथा प्रिमियम फिचरहरूसहित यो गाडी आधुनिक नेपाली उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर निर्माण गरिएको छ ।

हाल उपलब्ध भएको ओमोडा ई५मा भन्दा नयाँ गाडीमा स्मार्ट ड्राइभिङ अनुभवका लागि डिजाइन गरिएका धेरै प्रिमियम तथा अत्याधुनिक प्रविधिहरू समावेश गरिएको छ ।

छिट्टै नेपालमा सार्वजनिक हुन लागेको नयाँ ई५ प्रो मार्फत, ब्रान्डले अझ उन्नत प्रविधि, परिष्कृत डिजाइन तथा थप स्मार्ट र कनेक्टेड मोबिलिटी अनुभव प्रदान गर्दै ग्राहकको विश्वासलाई अझ मजबुत बनाउने लक्ष्य राखेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...