वर्ल्ड कार अवार्डको टप ३ सूचीमा बीवाईडीका दुई ईभी
जेनेभा मोटर शोको अवसरमा वर्ल्ड कार अवार्ड २०२४ का लागि शीर्ष तीन अन्तिम...
चीनमा बीवाईडीको फ्ल्यास चार्ज प्रविधियुक्त मोडलको माग उच्च मात्राका बृद्धि भएको छ । कम्पनीले केही समयअघि मात्र आफ्ना दुई मोडल फेङ चाङ वाओ टीआई७ र डेन्जा जेड९ जिटी मोडलमा सो नयाँ प्रविधि उपलब्ध गराएको थियो । हाल ती मोडलको माग १ लाख ४० युनिट कटिसकेको जनाइएको छ ।
फ्ल्यास चार्जिङ प्रविधि र पछिल्लो पुस्ताको ब्लेड ब्याट्रीलाई एकसाथ लन्च गरेपछि चीनमा बीवाईडी गाडीको माग उच्च दरले बृद्धि भइरहेको आईटी होमले जनाएको छ । यो नयाँ प्रविधिलाई कम्पनीले विस्तारै आफ्नो डायनास्टि, ओसियन, डेन्जा र याङवाङ ब्रान्ड मातहतका सम्पूर्ण मोडलमा विस्तार गर्ने योजना बनाएको छ ।
नयाँ प्रविधियुक्त ईभीको माग बढेपछि कम्पनीले ब्याट्री आपूर्तिमा अवरोधको सामना गरिरहेको बीवाईडीका अध्यक्ष वाङ चुआनफुले बताएका छन् । मे १५ मा याङवाङ बिजनेस रिसर्च इन्स्टिच्युट सम्मेलनमा बोल्दै उनले बीवाईडीको सेकेन्ड जेनेरेसन ब्लेड ब्याट्रीले केही समयका लागि आभवको अवस्था झेल्नुपर्ने स्विकार गरेका हुन् ।
कम्पनीले छिट्टै डिसस–पी सस्पेन्सन टेक्नोलोजी भएको डेन्जा बी५ र बी८ मोडलको समेत फ्ल्यास चार्ज संस्करण लन्च गर्ने तयारी गरेको छ । साथै, नयाँ एट्टो३ मा समेत सो नयाँ प्रविधि सपोर्ट गर्नेछ ।
चीनका उद्योग स्रोतहरूले ब्याट्रीको अवरोधलाई दोस्रो पुस्ताको ब्लेड ब्याट्री प्याक र अल्ट्रा–फास्ट चार्जिङ प्रणालीहरू प्रयोग गर्ने नयाँ बीवाईडी मोडेलको बलियो मागसँग जोडेका छन् ।
।
जेनेभा मोटर शोको अवसरमा वर्ल्ड कार अवार्ड २०२४ का लागि शीर्ष तीन अन्तिम...
चिनियाँ अटोमोबाइल उद्योग संघले सन् २०२३ मा चीनमा सवारी साधनको उत्पादन र...
भारतमा बुधवार एकैदिन २०० जना ग्राहकलाई एट्टो३ हस्तान्तरण गरिएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...