नयाँ प्रविधि र अल–ह्वील ड्राइभमा आउँदै सुजुकी फ्रंक्स

मारुती सुजुकीले आफ्नो लोकप्रिय सब कम्प्याक्ट एसयूभी फ्रंक्सको नयाँ फेसलिफ्ट संस्करण चाँडै भारतमा लन्च गर्ने तयारी गरेको छ। कम्पनीले अब २०२६ संस्करणमा नयाँ प्रविधि, आधुनिक सेफ्टी फिचर र डिजाइनमा केही परिवर्तनसहित थप आकर्षक बनाउने तयारी गरिरहेको छ।

हालै नयाँ मारुती फ्रंक्स फेसलिफ्टको डिजाइन परीक्षणका क्रममा देखिएको छ । सो एसयूभीको बाहिरी बनावट अहिलेको मोडलसँग धेरै हदसम्म मिल्दोजुल्दो देखिएको छ। यद्यपि, नयाँ संस्करणमा अगाडिको तथा पछाडिको बम्पर पुनः डिजाइन गरिएको हुनेछ भने नयाँ ग्रिलले यसको लुकलाई अझ आधुनिक बनाउने अपेक्षा गरिएको छ।

नयाँ फ्रंक्स फेसलिफ्टमा लेभल २ एडास समावेश गर्ने सम्भावना रहेको छ। परीक्षणका क्रममा गाडीमा एडास मोड्युल, नयाँ ३६० डिग्री क्यामेरा तथा थप फ्रन्ट पार्किङ सेन्सर देखिएको छ । साथै इन्टेरियरमा ठुलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, थप प्रिमियम सिट कभर र नयाँ स्टेयरिङ ह्विल जस्ता परिवर्तनहरू पनि समावेश हुन सक्ने अनुमान गरिएको छ।

यसमा सबैभन्दा ठुलो आकर्षण भने अल ह्विल ड्राइभ सिस्टम हुनेछ । परीक्षणका क्रममा फ्रंक्स फेसलिफ्ट अल ह्विल ड्राइभ सेटअपसहित देखिएको थियो ।

यद्यपि कम्पनीले यसमा हालकै पावरट्रेनलाई निरन्तरता दिने सम्भावना छ । यसमा १.२ लिटर पेट्रोल इन्जिन रहनेछ, जसले ८० हार्सपावर पावर र ११३ एनएमको टर्क उत्पादन गर्छ। त्यस्तै, अर्को १.० लिटर टर्बो पेट्रोल इन्जिनले ९९ हार्सपावर पावर र १४७ एनएमको टर्क उत्पादन गर्नेछ।

सम्बन्धित समाचारहरू

सुजुकी भिक्टोरिसको विश्वव्यापी निर्यात सुरु, १०० भन्दा बढी देशमा बिक्री हुने

सुजुकी भिक्टोरिसको विश्वव्यापी निर्यात सुरु, १०० भन्दा बढी देशमा बिक्री हुने

मारुती सुजुकीले भारतमा निर्मित भिक्टोरिसको निर्यात सुरु गरेको छ ।...

मारुती अल्टो थप पावरफुल भएर आउँदै, सेलेरियोको इन्जिन जडान हुन सक्ने

मारुती अल्टो थप पावरफुल भएर आउँदै, सेलेरियोको इन्जिन जडान हुन सक्ने

मारुती सुजुकीको इन्ट्री लेभल ह्याचब्याक कार अल्टो थप पावरफुल इन्जिन सहित...

स्विफ्टले उछिन्यो पन्चलाई, यस्तो छ भारतमा कार बिक्रीको नयाँ तथ्यांक

स्विफ्टले उछिन्यो पन्चलाई, यस्तो छ भारतमा कार बिक्रीको नयाँ तथ्यांक

भारतमा कारको बिक्री तथ्याङ्क सार्वजनिक गरिएको छ। यस पटक टाटा मोटर्सको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...