जिपले भारतीय बजारमा ३ एसयूभी लन्च गर्ने
अमेरिकी कार निर्माता कम्पनी जिपले भारतीय बजारमा नयाँ मोडल ल्याउने तयारी...
अमेरिकी अटो निर्माता कम्पनी जिप ४ वर्षपछि पुनः चीन फर्कने भएको छ । स्टेलान्टिस मातहत सञ्चालन हुँदै आएको जिप चिनियाँ ब्रान्ड डोङफेङसँगको साझेदारीमा पुनः चीन फर्कन लागेको हो ।
२०२७ देखि चीनमा प्युजो र जिपको न्यु इनर्जी भेइकल( एनईभी) उत्पादन गर्ने गरी स्टेलान्टिस र डोङफेङ समूहले मे १५ मा रणनीतिक सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौता अन्तर्गत, डोङफेङ–प्युजो–सिट्रोन अटोमोबाइल संयुक्त उद्यमले आफ्नो वुहान प्लान्टमा दुई नयाँ मोडलका प्युजो एनईभी र जिपका दुई नयाँ अफराेड एनईभी उत्पादन गर्ने अपेक्षा गरिएको छ । जसअन्तर्गत जिपका मोडल निर्यातका लागि मात्र हुनेछ भने प्युजोका एनईभी भने घरेलु र निर्यात दुबै बजारका लागि उपलब्ध हुनेछन् ।
सो नयाँ परियोजनाका लागि ८ अर्ब युआन (१.१८ अर्ब अमेरिकी डलर) भन्दा बढी लगानी हुने र जसमा स्टेलान्टिसले लगभग १३० मिलियन युरो योगदान गर्ने अपेक्षा गरिएको छ । यो घोषणाले २०२२ मा जीएसी–स्टेलान्टिस संयुक्त उद्यमको अन्त्य पछि चीनमा स्थानीय उत्पादनमा जिपको पुनरागमन हुने पक्कापक्की भएको हो ।
सम्झौताअनुसार, स्टेलान्टिसले डोङफेङ प्रविधि प्रयोग गरेर नयाँ जिप एसयूभी विकास गर्ने योजना बनाएको छ । साथै, प्लेटफर्म, ब्याट्री र पावरट्रेन सेयरिङमा समेत दुई कम्पनीबिच सहकार्य हुने जनाइएको छ ।
अमेरिकी कार निर्माता कम्पनी जिपले भारतीय बजारमा नयाँ मोडल ल्याउने तयारी...
अमेरिकन अटो निर्माता जीपले आफ्नो लोकप्रिय एसयूभी कम्पसालाई पेट्रोल...
काठमाडौं– जीपको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु लाइफले आफ्नो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...