आजबाट टाटा मोटर्स ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आगामी आज देखि “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”आयोजना गरेको छ। ग्राहकलाई आधुनिक, सुरक्षित र विद्युतीय सवारी साधनतर्फ आकर्षित गर्ने उद्देश्यले आयोजना हुन लागेको यस विशेष एक्सचेन्ज क्याम्पमा ग्राहकहरूले विभिन्न आकर्षक सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। सो क्याम्प आगामी आइतबार सम्म चल्ने छ ।

द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प अन्तर्गत ग्राहकहरूले नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, निःशुल्क आजीवन डीसी फास्ट चार्जिङ, निःशुल्क एसेसरिज, निःशुल्क वार्षिक सवारी कर तथा निःशुल्क होम चार्जिङ जडान सुविधा प्राप्त गर्न सक्नेछन्।

यस एक्सचेन्ज क्याम्पमा टाटा मोटर्सका विभिन्न लोकप्रिय विद्युतीय तथा आइसीई सेगमेन्टका मोडलहरू उपलब्ध हुनेछन्। ग्राहकहरूले आफ्नो पुरानो सवारी साधन साटेर नयाँ टाटा गाडी सहज रूपमा खरिद गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ।

एक्सचेन्ज मूल्यांकन सुविधा भने सिप्रदी एस्योर्ड प्रालिद्वारा प्रदान गरिनेछ ।

ग्राहकहरूले देश भर रहेका टाटा मोटर्सको शोरुममा पुगेर यस अवसरको लाभ लिन कम्पनी सक्ने बताइएको छ ।

सम्बन्धित समाचारहरू

अप्रिलमा यस्तो छ टाटा मोटर्सको सवारी साधन बिक्री तथ्यांक

अप्रिलमा यस्तो छ टाटा मोटर्सको सवारी साधन बिक्री तथ्यांक

अप्रिल २०२६ मा टाटा मोटर्सले सवारी साधन बिक्रीमा उल्लेखनीय वृद्धि हासिल...

टाटाले २०२५ सम्ममा १० नयाँ इलेक्ट्रिक कार लन्च गर्ने, अल्ट्रोज पनि ईभीमा आउने

टाटाले २०२५ सम्ममा १० नयाँ इलेक्ट्रिक कार लन्च गर्ने, अल्ट्रोज पनि ईभीमा आउने

टाटा मोटर्सले टाटा नेक्सन ईभी, टियागो ईभी, टिगोर ईभी र पन्च ईची लन्च...

नेपालगन्जमा टाटा मोटर्सको शोरुम शुभारम्भ

नेपालगन्जमा टाटा मोटर्सको शोरुम शुभारम्भ

नेपालगन्ज – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...