एथर रिज्टाले भारतीय बजारमा पार गरेको ऐतिहासिक सफलता : दुई वर्षमै ३ लाख युनिट बिक्री

भारतीय बजारमा लन्च भएको दुई वर्षमै एथर रिज्टाले ३ लाख युनिटको बिक्री आँकडा पार गरेको छ । यो कम्पनीको पहिलो पारिवारिक इलेक्ट्रिक स्कुटर अप्रिल २०२४ मा लन्च भएको थियो।

सो इलेक्ट्रिक स्कुटर लन्च भएको ११ महिना भित्रै १ लाख युनिट बिक्री हासिल गर्‍यो र अर्को ११ महिनामा थप २ लाख युनिट बिक्री गरेर कुल ३ लाख पुर्याएको थियो । डिसेम्बर २०२५ सम्ममा २ लाख युनिट बिक्री भएको थियो भने त्यसपछिका ५ महिनामै १ लाख थपियो। आर्थिक वर्ष २०२६ मा एथरको कुल बिक्रीको ७६ प्रतिशत हिस्सा रिज्टाकै थियो।

पछिल्ला दुई वर्षमा रिज्टाले विशेषगरी दक्षिण भारत बाहिर महाराष्ट्र, गुजरात, मध्य प्रदेश, छत्तीसगढ र ओडिशा जस्ता राज्यहरूमा एथरको उपस्थितिलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको कम्पनीको दाबी छ। यी राज्यहरूमा कम्पनीको बजार हिस्सा आर्थिक वर्ष २०२५ को पहिलो त्रैमासिकमा ४.१ प्रतिशतबाट बढेर २०२६ को चौथो त्रैमासिकमा १७.३ प्रतिशत पुगेको छ ।

फिचरका हिसाबले एथर रिज्टामा फराकिलो सिट, फराकिलो फ्लोरबोर्ड र कुल ५६ लिटर स्टाेरेज क्षमता उपलब्ध छ। यसमा ३४ लिटरको अन्डरसिट स्टोरेज र २२ लिटरको फ्रङ्क समावेश गरिएको छ। साथै स्किड कन्ट्रोल, थेफ्ट अलर्ट र टो अलर्टजस्ता आधुनिक सुरक्षा तथा कनेक्टेड फिचरहरू पनि प्रदान गरिएको छ।

सो इलेक्ट्रिक स्कुटर एस र जेड भेरिएन्टमा उपलब्ध छ, जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवर ब्याट्री प्याक विकल्प राखिएको छ। कम्पनीले ओभर द एयर अपडेटमार्फत प्रयोगकर्ता अनुभवलाई निरन्तर सुधार गर्दै आएको छ। सेप्टेम्बर २०२५ मा कम्पनीले रिज्टा जेड ग्राहकका लागि ‘एथरस्ट्याक ७’ अपडेट पेश गरेको थियो, जसमा टचस्क्रिन इन्टरफेससमेत समावेश गरिएको छ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा भित्रियो नयाँ ब्रान्डको इलेक्ट्रिक डर्ट र मोटार्ड बाइक

नेपाली बजारमा भित्रियो नयाँ ब्रान्डको इलेक्ट्रिक डर्ट र मोटार्ड बाइक

नेपाली बजारमा नयाँ ब्रान्ड ‘कोल्टर’ को इलेक्ट्रिक बाइक भित्रिएको छ । हाल...

रोबोट्याक्सी सेवा बन्द गर्ने योजनामा जनरल मोटर्स

रोबोट्याक्सी सेवा बन्द गर्ने योजनामा जनरल मोटर्स

अमेरिकी अटोमोबाइल निर्माता कम्पनी जनरल मोटर्स (जीएम) ले आफ्नो क्रुज...

बीवाईडीका ब्याट्रीमा अब १० वर्ष वारेन्टी

बीवाईडीका ब्याट्रीमा अब १० वर्ष वारेन्टी

काठमाडौं – नेपालमा बीवाईडी ईभीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...