वैदेशिक कार निर्यातको बढ्दो यात्रामा चिनियाँ कार बजार

चीनको घरेलु कार बजार लगातार कमजोर बन्दै गइरहेका बेला त्यहाँका अटो उत्पादकहरूले विदेशतर्फ आक्रामक विस्तार गरिरहेका छन् । यही रणनीतिक विस्तारको प्रभावस्वरूप अप्रिल महिनामा चीनको यात्रुवाहक कार निर्यात करिब ८५ प्रतिशतले उकालो लागेको छ । विशेषगरी विद्युतीय तथा नयाँ ऊर्जा सवारीसाधनको माग विश्व बजारमा तीव्र रूपमा बढ्दा चिनियाँ अटो उद्योगले निर्यातमार्फत नयाँ गति समातेको देखिएको छ ।

चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स (सीएएएम) ले सार्वजनिक गरेको विवरणअनुसार अप्रिलमा चीनबाट करिब सात लाख ९६ हजार यात्रुवाहक सवारीसाधन निर्यात भएका छन् । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा झन्डै ८५ प्रतिशत बढी हो । मार्च महिनामा निर्यात भएका सात लाख ४८ हजार सवारीसाधनको तुलनामा पनि अप्रिलको निर्यात उच्च रहेको तथ्याङ्कले देखाएको छ ।

नयाँ ऊर्जा सवारीसाधनतर्फ अझ तीव्र वृद्धि देखिएको छ । ब्याट्रीबाट चल्ने विद्युतीय गाडी र प्लग–इन हाइब्रिडसहितका नयाँ ऊर्जा यात्रुवाहक सवारीको निर्यात अप्रिलमा १२० प्रतिशतभन्दा बढीले बढेर करिब चार लाख २० हजार युनिट पुगेको छ । विश्व बजारमा पेट्रोलियम इन्धनको बढ्दो लागत र वातावरणमैत्री प्रविधिप्रतिको आकर्षणले चिनियाँ विद्युतीय गाडीको माग बढाउन सहयोग पुगेको विश्लेषण गरिएको छ ।

बीवाइडी र गीली अटोजस्ता प्रमुख चिनियाँ कम्पनीहरूले युरोप, ल्याटिन अमेरिका र दक्षिणपूर्वी एसियासहित विभिन्न क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरिरहेका छन् । निर्यात मात्र नभई केही कम्पनीहरूले विदेशमै उत्पादन क्षमता विस्तार गर्न कारखाना स्थापना गर्न थालेका छन् । विशेषगरी बीवाईडीले युरोप र ल्याटिन अमेरिकामा उत्पादन केन्द्र निर्माण गर्ने योजनालाई तीव्रता दिएको छ ।

इरानसँगको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य बढ्न थालेपछि विद्युतीय सवारीसाधनतर्फ विश्वव्यापी आकर्षण झन् बढ्ने अपेक्षा गरिएको छ । अस्ट्रेलियाको फेडेरल चेम्बर अफ अटोमोटिभ इन्डस्ट्रिजका अनुसार अप्रिलमा बिक्री भएका प्रत्येक छमध्ये एक नयाँ सवारी विद्युतीय गाडी थियो । त्यहाँ बीवाइडी टोयोटापछि दोस्रो सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड बनेको छ ।

एस एन्ड पी ग्लोबल रेटिङ्सकी अटो विश्लेषक क्लेयर युआनले तेल तथा इन्धनको मूल्य लामो समयसम्म उच्च रहने सम्भावना देखिएकाले त्यसले उपभोक्तालाई विद्युतीय गाडी खरिद गर्न प्रोत्साहित गर्ने बताए ।

एलिक्सपार्टनर्सले सन् २०२६ मा चीनको समग्र यात्रुवाहक कार निर्यात करिब २० प्रतिशतले बढ्न सक्ने अनुमान गरेको छ । दक्षिणपूर्वी एसियासहितका उदीयमान बजारमा चिनियाँ अटो कम्पनीहरूले आक्रामक विस्तार गरिरहेका कारण निर्यात वृद्धि निरन्तर रहने प्रक्षेपण गरिएको हो ।

सम्बन्धित समाचारहरू

भारतको पहिलो इलेक्ट्रिक उड्ने ट्याक्सी सार्वजनिक

भारतको पहिलो इलेक्ट्रिक उड्ने ट्याक्सी सार्वजनिक

भारतको पहिलो इलेक्ट्रिक उड्ने ट्याक्सी सार्बजनिक भएको छ । महिन्द्रा...

साउनमा ११० विद्यु्तीय कार भित्रिदा कति भित्रिए अन्य कार ?

साउनमा ११० विद्यु्तीय कार भित्रिदा कति भित्रिए अन्य कार ?

काठमाडौं – चालु आर्थिक वर्षको पहिलो महिना साउन महिनामा ११० वटा विद्यु्तीय...

मारुती ई–भिटाराले सेफ्टी परीक्षणमा देखायो मजबुत प्रदर्शन, भारतमा ५ स्टार तर अष्ट्रेलियामा ४ स्टार

मारुती ई–भिटाराले सेफ्टी परीक्षणमा देखायो मजबुत प्रदर्शन, भारतमा ५ स्टार तर अष्ट्रेलियामा ४ स्टार

भारतमा निर्माण भएर विश्व बजारमा बिक्रीका लागि प्रस्तुत गरिएको सुजुकीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...