होन्डाको पहिलो स्पोर्ट्स इलेक्ट्रिक बाइक डब्लुएन७ भारतमा पेटेन्ट

होन्डाले आफ्नो पहिलो स्पोर्ट्स इलेक्ट्रिक मोटरसाइकल डब्लुएन७ को डिजाइन भारतमा पेटेन्ट गराएको छ। सन् २०२६ मोडलका रूपमा तयार गरिएको सो बाइक होन्डाले सन् २०२४ पेश गरेको ईभी फन कन्सेप्ट संस्करण मानिएको छ।

पेटेन्टमा डिजाइनअनुसार डब्लुएन७ को फ्रन्ट रोबोटिक डिजाइनमा बनाइएको छ भने यसको नेकेड स्टाइलले स्पोर्टी लुक प्रदान गरेको छ । यसमा चौडा एलईडी डीआरएल, उल्टो शैलीको हेडल्याम्प, फराकिलो ह्यान्डलबार, बार एन्ड सर्कुलर मिरर र सिंगल पिस सिट जडान गरिएको छ। मोनोकक शैलीको सबफ्रेमका कारण यसको पछाडिको भाग सफा र आकर्षक देखिन्छ।

डब्लुएन७ मा ६०० सीसी क्षमताको इन्जिन जडान गरिएको छ, जसले करिब ६७.५ बीएचपी पावर र १०० एनएम टर्क जेनेरेट गर्छ । बाइकको कुल तौल २१७ किलोग्राम रहेको छ।

बाइकमा ९.३ किलोवाट आवर क्षमताको लिथियम आयन ब्याट्री प्याक प्रयोग गरिएको छ। यसले फुल चार्जमा करिब १३० किलोमिटर दूरी तय गर्न सक्छ । यसमा सीसीएसटु आधारित फास्ट चार्जिङ सुविधा पनि दिइएको छ, जसले ३० मिनेटभन्दा कम समयमा ब्याट्रीलाई २० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्छ। साथै नियमित एसी चार्जिङको विकल्प पनि उपलब्ध गराएको छ ।

हाल बेलायतमा यसको सुरुवाती मूल्य १२ हजार ९९९ पाउन्ड रहेको छ। यद्यपि भारतमा यसको डिजाइन पेटेन्ट गरिए पनि निकट भविष्यमा सो बाइक भारतीय बजारमा बिक्रीका लागि आउने सम्भावना कम रहेको विश्लेषण गरिएको छ । यसको तुलनामा, भारतमा पेटेन्ट गरिएको होन्डा एयरब्लेड स्कुटर लन्च हुने सम्भावना बढी रहेको बताइन्छ। नेपालमा पनि आउने सम्भावना कमै हुन्छ ।

सम्बन्धित समाचारहरू

फेसबुक लाइभमा आउँदै सौरभ ज्योति, नयाँ बाइक होन्डा हाइनेस सीबी ३५० को वारेमा चर्चा हुने

फेसबुक लाइभमा आउँदै सौरभ ज्योति, नयाँ बाइक होन्डा हाइनेस सीबी ३५० को वारेमा चर्चा हुने

काठमाडौं – नेपाली बजारमा हालै भित्रिएको नयाँ बाइक होन्डा हाइनेस सीबी ३५०...

होन्डा एलिभेट र हुन्डाई क्रेटा मध्ये कुनमा छ उत्कुष्ट फिचर ? जान्नुहोस्

होन्डा एलिभेट र हुन्डाई क्रेटा मध्ये कुनमा छ उत्कुष्ट फिचर ? जान्नुहोस्

होन्डाले सेप्टेम्बर ४, २०२३ मा नयाँ एलिभेट लन्च गर्ने भएको छ । यो मिड साइज...

खुलासा : होन्डाले ३५० सीसी सेगमेन्टमा नयाँ बाइक ल्याउने

खुलासा : होन्डाले ३५० सीसी सेगमेन्टमा नयाँ बाइक ल्याउने

होन्डा मोटरसाइकलले भारतमा सीबी३५० ब्रिगेड नामको ट्रेडमार्क गरेको छ, तर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...