परीक्षणको क्रममा देखियो भिनफास्ट भीएफ ई३४
भिनफास्टले चाँडै नै आफ्नो इलेक्ट्रिक एसयूभी भारतमा लन्च गर्ने सम्भावना छ...
इरान युद्धपछि पेट्रोल, डिजेल र ग्यासको मूल्यमा भएको उल्लेखनीय वृद्धिले विश्वका धेरै देशहरूमा विद्युतीय सवारी साधनप्रति आकर्षण तीव्र रूपमा बढाएको छ। विशेषगरी एसिया, ल्याटिन अमेरिका र अफ्रिकाका देशहरूमा विद्युतीय सवारी साधनको माग उल्लेखनीय रूपमा वृद्धि भइरहेको छ। गत वर्षको तुलनामा यस वर्षको मार्च महिनामा मात्र विद्युतीय सवारी बिक्री ७९ प्रतिशतले बढेको छ भने सन् २०२६ मा कुल बिक्री ४८ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ।
ल्याटिन अमेरिकी देश कोस्टारिका विद्युतीय सवारी बजारको तीव्र वृद्धिको एक महत्वपूर्ण उदाहरण बनेको छ। चालु वर्षको पहिलो ३ महिनामा त्यहाँ बिक्री भएका नयाँ सवारी साधनमध्ये १८ प्रतिशत विद्युतीय थिए । इथियोपिया र उरुग्वे जस्ता देशहरूले पनि आयातित तेलमा निर्भरता घटाउन विद्युतीय सवारीलाई प्रोत्साहन गरिरहेका छन् ।
रिपोर्टका अनुसार चीन एसियामा विद्युतीय सवारी बिक्रीमा अग्रणी रहेको छ। सन् २०२४ मा मात्र चीनमा करिब १ करोड १० लाख विद्युतीय सवारी बिक्री भएका थिए । अप्रिल २०२६ सम्म चीनमा सडकमा गुड्ने प्रत्येक दशमध्ये एक सवारी विद्युतीय भइसकेको छ। यसैबीच भियतनाममा ४० प्रतिशत र थाइल्याण्डमा २० प्रतिशतभन्दा बढी वृद्धि देखिएको छ । भारतमा दुई र तीन पाङ्ग्रे सवारी साधनको सेगमेन्टमा १५ देखि २५ प्रतिशतसम्म वृद्धि हुने अनुमान गरिएको छ।
कोस्टारिकामा विद्युतीय सवारी प्रवर्द्धनका लागि सरकारले २०१८ देखि कर छुट तथा अन्य सुविधा प्रदान गर्दै आएको छ। सस्तो चिनियाँ मोडलहरू बजारमा आएपछि त्यहाँ विद्युतीय सवारीको लोकप्रियता झनै बढेको छ। कोस्टारिकाको विद्युतीय सवारी संघका अनुसार तीन चिनियाँ मोडलहरूको मूल्य १८ देखि १९ लाख रुपैयाँभन्दा कम रहेको छ। एक सर्वेक्षणअनुसार ७० प्रतिशत प्रयोगकर्ताले वातावरणीय कारणभन्दा बढी आर्थिक बचतका लागि विद्युतीय सवारी रोजेका छन्।
हाल विश्व बजारमा चिनियाँ विद्युतीय सवारी ब्रान्डको प्रभाव तीव्र रूपमा बढ्दै गएको छ। बीवाईडी, जिली, एमजी लगायतका कम्पनीहरूले बजारमा प्रभुत्व जमाइरहेका छन्। पहिले जापानी, अमेरिकी र युरोपेली कम्पनीहरूको वर्चस्व रहेको यो क्षेत्रमा अहिले पश्चिमी कम्पनीहरूको उपस्थिति घट्दो क्रममा रहेको देखिन्छ।
भिनफास्टले चाँडै नै आफ्नो इलेक्ट्रिक एसयूभी भारतमा लन्च गर्ने सम्भावना छ...
थाइल्यान्डमा नेटा एक्स ईभी लन्च भएको ७२ घण्टामै एक हजार युनिट भन्दा बढी...
यतिखेर नेपालमा विद्युतीय कारको बजार तातिएको अवस्था छ। आगामी वर्षको बजेटमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...