सीएफमोटो २५० डुअलका लागि बुकिङपछि पनि अफर सुनिश्चित गर्ने विशेष योजना सार्वजनिक

काठमाडौं– सीएफ मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले ग्राहकहरूको उत्साहजनक प्रतिक्रियालाई मध्यनजर गर्दै सीएफमोटो २५० डुअल मोडेलका लागि नयाँ सुविधा सार्वजनिक गरेको छ । अब ग्राहकहरूले बुकिङ गरिसकेपछि पनि प्रचलित अफर सुनिश्चित गर्न सक्ने व्यवस्था लागू गरिएको छ ।

यो निर्णय बजारमा बढ्दो माग र ग्राहकको विश्वासलाई सम्मान गर्दै लिइएको कम्पनीको भनाई छ । कम्पनी स्रोतका अनुसार, धेरै ग्राहकहरूले प्रारम्भिक चरणमै बुकिङ गरे पनि अफर छुट्ने चिन्ता व्यक्त गरिरहेका थिए । उक्त समस्या समाधान गर्न बुकिङलाई नै अफर सुरक्षित गर्ने माध्यमको रूपमा स्थापित गरिएको छ ।

बुकिङ गरेसँगै ग्राहकले नगद तथा फाइनान्स खरिदमा ८,३०० सम्म नगद छुट र एक्सचेन्जमा १५,००० बराबरको अतिरिक्त मुल्यांकन पाउनेछन् ।

त्यसैरी, लक्कि ड्रमार्फत एक जना भाग्यशाली ग्राहकलाई १ लाख रुपैयाँ क्यासब्याक सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ । सीमित स्टकका कारण अफर छुट्ने जोखिम न्यूनीकरण गर्न बुकिङ लिने ग्राहकलाई समेत अफरमा सामेल गरिएको हो ।

यस पहलले ग्राहक सन्तुष्टि बढाउने मात्र नभई ब्रान्डप्रति दीर्घकालीन विश्वास निर्माण गर्न सहयोग पु¥याउने कम्पनीको विश्वास छ ।

सीएफमोटो २५० डुअल आफ्नो दमदार परफर्मेन्स, एडभेन्चर रेडी डिजाइन र आधुनिक फिचरका कारण नेपाली बजारमा तीव्र रूपमा लोकप्रिय बन्दै गएको मोडल हो । कम्पनीले आगामी दिनमा पनि यस्तै ग्राहक–केन्द्रित योजनाहरू ल्याउने प्रतिबद्धता जनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...