केटीएम ४५० -यालीको विशेष संस्करण सार्बजनिक, विश्वभर १०० युनिटमात्र उपलब्ध हुने

केटीएमले ४५० -याली रेप्लिका सार्वजनिक गरेको छ । विश्वभर जम्मा १०० युनिटमात्र उपलब्ध हुने यस विशेष संस्करणलाई कम्पनीले ब्रान्डको डकार -याली विजय उत्सव मनाउन सार्बजनिक गरेको हो ।

केटीएम ४५० -याली रेप्लिका -याली विजेता बाइकबाट लिइएको हो । ४४९.४ सीसी, लिक्विड–कूल्ड, सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको यस मोटरसाइकलमा ६ स्पीड गियरबक्स दिइएको छ । बाइकमा ¥याली विशेष गियरिङका साथ ब्रेम्बो हाइड्रोलिक क्लच प्रयोग गरिएको छ ।

यस बाइकको अगाडि ३०४ मिलिमिटर र पछाडि २८० मिलिमिटरका साथ पूर्ण रूपमा एड्जस्ट गर्न मिल्ने डब्लूपी सस्पेन्सन राखिएको छ । साथै, यसमा ब्रेम्बो ब्रेक र टाइटेनियमबाट बनेको हल्का वजनको अक्रापोभिक एक्जस्ट दिइएको छ ।

४५० -याली रेप्लिकामा ३५ लिटर कुल क्षमता भएका तीनवटा फ्युल ट्यांकी उपलब्ध गराइएको छ । बाइकमा डिजिटल रोडबुकको लागि कार्बन फाइबर माउन्ट, कार्बन फाइबर ब्रेक डिस्क गार्ड र ट्याङ्क प्याड उपलब्ध गराइएको छ ।

साथै, केटीएमले ४५० -याली रेप्लिका लुसियानो बेनाभिड्स फ्याक्ट्री एडिसन पनि सार्वजनिक गरेको छ । विश्वभर जम्मा ८ युनिटमात्र उपलब्ध हुने यस मोटरसाइकलमा विशेष लिभरी उपलब्ध गराइएको छ ।

सम्बन्धित समाचारहरू

२०२३ मोडलको केटीएम २५० एड्भेन्चर नेपालमा, ७० हजार कम मूल्यका साथ उपलब्ध

२०२३ मोडलको केटीएम २५० एड्भेन्चर नेपालमा, ७० हजार कम मूल्यका साथ उपलब्ध

काठमाडौं – नेपाली बजारमा केटीएमको २०२३ मोडलको २५० एड्भेन्चर बाइक...

५५०० मिटर उचाइमा अवस्थित ढुकुङ्ला पास पुग्ने पहिलो मोटरसाइकल बन्यो केटीएम ३९० इन्डुरो

५५०० मिटर उचाइमा अवस्थित ढुकुङ्ला पास पुग्ने पहिलो मोटरसाइकल बन्यो केटीएम ३९० इन्डुरो

काठमाडौं–केटिएमले हालसालै लन्च गरेको नयाँ मोटरसाइकल ३९० इन्डुरो आर...

केटिएम ३९० एड्भेन्चरको नयाँ भेरिएन्ट आउँदै, यी फिचर थप हुने

केटिएम ३९० एड्भेन्चरको नयाँ भेरिएन्ट आउँदै, यी फिचर थप हुने

केटिएमले आफ्नो लोकप्रिय मोटरसाइकल एडभेन्चर ३९० को नयाँ भेरिएन्ट लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...