फुल्ली इलेक्ट्रिक एसयूभीको रुपमा ‘डोङफेङ नामी ०६’ को दक्षिण अफ्रिका इन्ट्री

फुल्ली इलेक्ट्रिक एसयूभीको रुपमा डोङफेङ नामी ०६ दक्षिण अफ्रिकामा लन्च भएको छ । नेपाल लगायत विश्वका धेरै देशमा ‘भिगो’ भनिने सो एसयूभी डोङफेङको दक्षिण अफ्रिकामा तेस्रो मोडल हो । यो भन्दा पहिले बक्स ह्याचब्याक र ००७ प्रिमियम सेडान त्यहाँ उपलब्ध छन् ।

यसका दुई भर्सन उपलब्ध हुनेछन् । यो भध्ये नामी ०६ ई१ को मूल्य ४ लाख ९९ हजार दक्षिण अफ्रिकी -यान्ड तोकिएको छ । दुवैमा २३० एनएम टर्क सहितको १२० किलोवाट फ्रन्ट माउन्टेड मोटर हुनेछ । यसले ७.८ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन सक्छ । नामी ०६ ई१ मा ४४.९४ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री रहेको छ, जसले चाइनिज टेस्टिङ साइकल (सीएलटीसी) अनुसार ४०१ किलोमिटरको रेन्ज दिन्छ । प्रचलित डब्लुएलटीपी स्ट्यान्डर्ड अनुसार यसले ३०० किलोमिटर सम्मको रेन्ज दिन्छ । ६० किलोवाट सम्मको डीसी फास्ट चार्जिङमार्फत यसलाई ३० सेकेन्डमा ३० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।

अर्को ई३ मोडलमा ठुलो ५१.८७ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री रहेको छ, जसले चाइनिज टेस्टिङ साइकल (सीएलटीसी) अनुसार ४७१ किलोमिटरको रेन्ज दिन्छ । प्रचलित डब्लुएलटीपी स्ट्यान्डर्ड अनुसार यसले ३५० किलोमिटर सम्मको रेन्ज दिन्छ । १६७ किलोवाट सम्मको डीसी फास्ट चार्जिङमार्फत यसलाई १८ सेकेन्डमै ३० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ । एसी चार्जिङका लागि ६.६ किलोवाटको चार्जर प्रयोग गर्न सकिन्छ ।

डोङफेङ नामी ०६ मा अन्य धेरै आधुनिक सुविधाहरू पनि समावेश गरिएका छन्। यसमा १२.८–इन्चको सेन्टर इन्फोटेनमेन्ट डिस्प्ले, ८.८८–इन्च डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, छ वटा स्पिकर भएको अडियो सिस्टम, वायरलेस फोन चार्जर, रियरभ्यु क्यामेरा तथा पार्किङ सेन्सर जस्ता फिचर उपलब्ध छन्।

सुरक्षाका दृष्टिले यसमा कर्टेन एयरब्यागसहित कुल छ वटा एयरब्याग, अटोमेटिक एयर कन्डिसनिङ, डाइरेक्ट टायर प्रेसर मोनिटरिङ सिस्टम (टीपीएमएस), लेदररेट सिट, हिल–स्टार्ट असिस्ट, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), ब्रेक असिस्ट र ट्र्याक्सन कन्ट्रोल जस्ता प्रविधि समावेश गरिएको छ।

यसका साथै, सो गाडीमा ५०० लिटर क्षमताको बुट स्पेस पनि उपलब्ध छ, जसले यात्राका क्रममा सामान राख्न पर्याप्त स्थान प्रदान गर्छ।

सम्बन्धित समाचारहरू

चर्चामा ३ मिनेटमै दुई लाख बुकिङ  भएकाे इलेक्ट्रिक एसयूभी वाईयु७

चर्चामा ३ मिनेटमै दुई लाख बुकिङ भएकाे इलेक्ट्रिक एसयूभी वाईयु७

चीनमा हालै लन्च गरिएको शाओमीको इलेक्ट्रिक एसयूभी शाओमी वाईयु७ को बुकिङ...

पुरानो बाइकलाई इलेक्ट्रिक बनाउदै युवाहरु

पुरानो बाइकलाई इलेक्ट्रिक बनाउदै युवाहरु

काठमाडौं – आफूसँग भएका पुराना बाइकलाई इलेक्ट्रिक बनाउने कार्यमा अहिले...

८ वर्ष पछि पनि ७० प्रतिशत ब्याट्री लाइफ रहने दावी

८ वर्ष पछि पनि ७० प्रतिशत ब्याट्री लाइफ रहने दावी

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकका सीईओ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...