बीवाईडीको सबैभन्दा महंगो कार ३० युनिटमात्र उत्पादन हुने, मूल्य कति ?

बीवाईडीले आफ्नो सबैभन्दा महंगो मोडल याङवाङ यू९ इलेक्ट्रिक सुपर कारलाई प्रति युनिट २७ लाख ६० हजार डलरमा बिक्री गरेको छ । जुन नेपाली रुपैयाँ ४२ करोड हाराहारी पर्न आउँछ ।

हालै सम्पन्न बेइजिङ अटो शोमा यो कार यति धेरै मूल्यमा बिक्री भएको हो । जसले गर्दा यसलाई सबैभन्दा उच्च मूल्यको बीवाईडी मोडल बनाएको छ ।

बीवाईडी समूहका ब्रान्डिङ र जनसम्पर्क महाप्रबन्धक ली युनफेईले यू९ एक्सट्रिम अटो शोको समयमा बेचिएको सबैभन्दा महँगो मोडल भएको बताए ।

यो गाडी विश्वव्यापी रूपमा ३० युनिट मात्र उपलब्ध हुने जनाइएको छ । कार्यक्रममा एक युनिट यू९ मात्र बिक्री गरिएको र जसलाई बीवाइडीका अध्यक्ष वाङ चुआनफुले व्यक्तिगत रूपमा कार हस्तान्तरण गरेका थिए ।

याङवाङ यू९ मा ३ हजार हर्षपावरभन्दा बढी क्षमता भएको इलेक्ट्रिक मोटर जडान गरिएको छ । १२०० भोल्टको इलेक्ट्रिक आर्किटेक्चरमा तयार पारिएको यस कारमा बीवाईडीको डिसस–एक्स सस्पेन्सन सिस्टम र कार्बन–सिरेमिक डिस्क सहित रेनफोर्सड ब्रेकिङ कम्पोनेन्टहरू प्रयोग गरिएको छ ।

सम्बन्धित समाचारहरू

नयाँ एट्टो३ को ‘रोड टेष्ट’ सुरु, कहिले हुँदैछ लन्च ?

नयाँ एट्टो३ को ‘रोड टेष्ट’ सुरु, कहिले हुँदैछ लन्च ?

बीवाईडीले आफ्नो लोकप्रिय एसयुभी एट्टो३ को २०२५ मोडललाई चीनमा रोड टेष्ट...

दशैमा कुन कार किन्ने ? यस्ता छन् विभिन्न ब्रान्डका कारमा उपलब्ध छुट र अफर

दशैमा कुन कार किन्ने ? यस्ता छन् विभिन्न ब्रान्डका कारमा उपलब्ध छुट र अफर

नेपालीहरुको महान चाड दशै प्रारम्भ भएको छ । फेस्टिभ सिजनको समयमा विभिन्न...

प्लग–इन–हाइब्रिड र इलेक्ट्रिक पावरट्रेनमा आयो बीवाईडी सिलायन ०५, मूल्य र रेन्ज कति ?

प्लग–इन–हाइब्रिड र इलेक्ट्रिक पावरट्रेनमा आयो बीवाईडी सिलायन ०५, मूल्य र रेन्ज कति ?

बीवाईडीले आफ्नो न्यू इनर्जी भेइकल(एनईभी)मा अर्को नयाँ मोडल सिलायन ०५ थप...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...