कारको हेडलाइटलाई प्रोजेक्टरको रुपमा उपयोग गर्न सकिने एक्सपिक्सेल प्रविधि सार्वजनिक
चिनियाँ टेक्नोलोजी कम्पनी हुवावेले बेइजिङ अटो शोमा प्रस्तुत गरेको...
बेइजिङ अटो शो २०२६ मा यस वर्ष भविष्यका सवारी साधनहरूको अद्भुत झलक प्रस्तुत गरिएको छ। करिब ३८ लाख वर्ग मिटर क्षेत्रमा फैलिएको यस विशाल प्रदर्शनीमा १४५० भन्दा बढी सवारी साधन र १८१ वटा विश्व प्रिमियर मोडल समावेश गरिएको छ ।
यस शोको मुख्य आकर्षणका रूपमा अवतार भिजन एक्सपेक्ट्रा कन्सेप्ट गाडी प्रस्तुत गरिएको छ। ५.८ मिटर लामो सो विद्युतीय ग्रान्ड टुरर कारभन्दा बढी मोबाइल लिभिङ स्पेस जस्तो देखिन्छ। ग्लास रुफ, पिलरलेस डोर र अत्याधुनिक क्याबिन डिजाइनले यसलाई विलासी र भविष्यवादी जीवनशैलीसँग जोडेको छ।
त्यसैगरी, जिलीले पूर्ण रूपमा चालकविहीन रोबोट्याक्सी सार्वजनिक गरेको छ। यस गाडीमा स्टेयरिङ ह्विल नै छैन र यात्रुहरू आमनेसामने बसेर यात्रा गर्न सक्छन्। उन्नत सेन्सर, एआई सिस्टम र स्मार्ट नेभिगेसनको प्रयोगले गाडीलाई स्वतन्त्र रूपमा निर्णय लिन सक्षम बनाएको छ।
ईभी सेग्मेन्टमा बीवाईडीको डेन्जा ईभीले विशेष ध्यान तानेको छ। करिब ११०० हर्सपावर उत्पादन गर्ने यस गाडीको सबैभन्दा ठुलो विशेषता भनेको केवल ९ मिनेटमै फुल चार्ज हुन सक्ने क्षमता हो, जसले भविष्यको चार्जिङ प्रविधिमा ठूलो परिवर्तन ल्याउने संकेत दिएको छ।
त्यस्तै, एक्सपेङले आफ्नो फ्लाइङ कार ल्याण्ड एयरक्राफ्ट कन्सेप्ट प्रस्तुत गर्दै शहरी यातायातको नयाँ युगको संकेत दिएको छ। यसले ट्राफिक व्यवस्थापनलाई पूर्ण रूपमा रूपान्तरण गर्ने सम्भावना देखाएको छ।
अर्कोतर्फ, शाओमीको एसयू सेभेन अल्ट्रा मोडलले स्मार्ट कनेक्टिभिटीमा नयाँ आयाम थपेको छ। स्मार्टफोनसँग सीधा कनेक्ट हुने यो गाडीबाट घरका उपकरणहरू नियन्त्रण गर्न सकिन्छ भने यसको एआई सिस्टमले ड्राइभिङकै क्रममा रेस्टुरेन्ट बुकिङ जस्ता कार्यहरू समेत सहज रूपमा गर्न सक्छ।
चिनियाँ टेक्नोलोजी कम्पनी हुवावेले बेइजिङ अटो शोमा प्रस्तुत गरेको...
बेलायती अटोमोबाइल कम्पनी लेजान्टे लिमिटेडले भगवान गणेशको लोगो अंकित...
चीनमा जारी बेइजिङ अटो शो–२०२६ ले अहिले विश्व अटो बजारलाई तरंगित बनाइरहेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...