एवोन भीको दुई भेरिएन्ट पोखरामा सार्बजनिक
पोखरा – नेपाली बजारमा हालसालै भित्रिएको बिद्युतिय कार एवोन भी पोखरामा...
चीनमा जारी बेइजिङ अटो शो–२०२६ ले अहिले विश्व अटो बजारलाई तरंगित बनाइरहेको छ । विश्वको सबैभन्दा ठूलो अटाे शो मानिने यस मेलामा १५ सय हाराहारी नयाँ कार शोकेस गरिएका छन् । जसमा केही नयाँ कन्सेप्ट कारले भविष्यको अटो बजारलाई दिशानिर्देश गरिरहेको छ ।
यस अटो शोमा अवतारले भिजन एक्सपेक्ट्रा सार्बजनिक गरेको छ । ५.८ मिटर लामो यस कारमा पिलरलेस कोच डोर र अगाडिदेखि पछाडिसम्म फैलिएको पूर्ण–लम्बाइको ग्लास रुफ राखिएको छ । अवतारको सो नयाँ कन्सेप्ट कारको बम्परमा लिडार सेन्सरहरू उपलब्ध गराइएको छ । कारमा पहिलोपटक सिलिकन कार्बाइड मोटर प्रयोग गरिएको छ ।
अर्को चिनियाँ ब्रान्ड हाेङकीले तायनगङ एस कन्सेप्ट सार्बजनिक गरेको छ । सो कुपे स्टायल कारमा ड्राइभर एसिस्टेन्ट सिस्टम र ककपिट प्रविधिहरु समावेश गरिएका छन् । त्यसैगरी, साओमीले भीजन जीटीलाई शोकेस गरेको छ । साओमीको यस कन्सेप्ट कारमा ०.२९ को रिपोर्ट गरिएको ड्र्याग गुणांक र लगभग १.२ टन डाउनफोर्स फिगर छ ।

बीवाईडीले ओसियन भी कन्सेप्टलाई ओसियन सिरिजको एक महत्वपूर्ण भागका रुपमा प्रस्तुत गरेको छ । यो मोडललाई बीवाईडीले इन्टेरियर स्पेस लेआउट र मल्टिप्रपोज भेइकल प्रयोगमा जोड दिएर डिजाइन गरेको हो । यसको कुनै स्पेसिफिकेशन बाहिर ल्याइएको छैन ।
जिलीले चीनको पहिलो स्वदेशी रोबोट्याक्सी प्रोटोटाइप, सार्बजनिक गरेको छ । रोबोट्याक्सीलाई लेभल–४ स्तरको वास्तुकलामा आधारित नेटिभ चालकविहीन प्लेटफर्मको रूपमा वर्णन गरिएको छ यसमा वल्र्ड एक्शन मोडेल भनिने अत्याधुनिक सिस्टम समावेश गरिएको छ, जुन अत्यधिक सेन्सर र अनबोर्ड कम्प्युटिङ प्रणालीमा आधारित छ । २०२६ को बेइजिङ अटो शोमा गिलीले दोस्रो पुस्ताको ग्यालेक्सी लाइट कन्सेप्ट पनि प्रस्तुत गरेको छ ।
चीनको अर्को अटो जायन्ट चेरीले आईकार रोबक्स कन्सेप्ट सार्बजनिक गरेको छ । रोबक्सलाई चेरीले आई–स्विफ्ट प्लेटफर्म ३.० मा तयार गर्ने जनाएको छ । यस प्लेटफर्मलाई लिथियम–आयन र सोलिड स्टेट ब्याट्रीहरूसँग उपयुक्त उच्च भोल्टेज आर्किटेक्चर प्रयोग गर्न सकिने गरी विकास गरिएको छ ।

त्यसैगरी, डोङफेङ प्युजो र डोङफेङ सिट्रोनले चार नयाँ कन्सेप्ट सार्बजनिक गरेका छन् । यी कन्सेप्टमा स्टियर–बाई–वायर प्रविधियुक्त आयताकार स्टेयरिङ इन्टरफेस समावेश गरिएको छ । कारमा थ्रीडी–प्रिन्टेड रिसाइकल सामग्री र कन्फिगरयोग्य इन्टेरियर पनि समावेश गरिएका छन् ।
पोखरा – नेपाली बजारमा हालसालै भित्रिएको बिद्युतिय कार एवोन भी पोखरामा...
काठमाडौं–आगामी चैत्र १४ देखि पोखराको प्रदर्शनी केन्द्रमा आयोजना हुने...
पोखरा – पोखरामा आयोजित वाडा अटो शोको अवसरमा रक्तदान कार्यक्रम आयोजना...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...