६ महिनामै होन्डाका दुई इलेक्ट्रिक स्कुटरको उत्पादन बन्द, यस्तो छ कारण
होन्डाले गत फेब्रुअरीमा लन्च गरेको दुई नयाँ इलेक्ट्रिक स्कुटर एक्टिभा ई र...
काठमाडौं–होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङले त्रिपुरेश्वरमा नयाँ थ्री एस (सेल्स, सर्भिस, स्पेयर पार्टस्) शोरुम सञ्चालनमा ल्याएको छ ।
ग्राहकलाई एकै छानामुनि बिक्री, सेवा तथा जेनुइन स्पेयर पाट्र्स सुविधा उपलब्ध गराउने उद्देश्यले नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।
उक्त उद्घाटन कार्यक्रममा स्याकार ट्रेडिङ कम्पनीका अध्यक्ष सौरभ ज्योतिले होन्डा नेपालको लागि यो दिन एउटा ठूलो दूरदृष्टिको प्रतीक भएको बताए । उनले होन्डा मोटर्स र स्याकार ट्रेडिङ कम्पनीबिचको उत्कृष्ट तालमेलले होन्डा विगत १० वर्षभन्दा बढी समयदेखि नेपालमा नम्बर १ ब्रान्डको स्थान सुरक्षित गर्न सफल भएको बताए ।
ज्योतिले होन्डाका सवारी साधनको टिकाउपन, विश्वसनीयता र गुणस्तरमा केन्द्रित रहेको बताए । उनले यो थ्रिएस सेन्टरले विश्वस्तरीय सेल्स शोरुम, उन्नत प्रविधियुक्त सर्भिस सेन्टर र ग्यारेन्टीसहितको जेन्युन स्पेयर पाट्र्सको उपलब्धता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नयाँ शोरुम उद्घाटन समारोहमा होन्डा मोटर कम्पनीका उपाध्यक्ष तथा एसिया तथा ओसिनिया क्षेत्रीय इकाई प्रमुख एवं एसोसिएटेड रिजन अपरेसन्स प्रमुख तोसिओ कुवाहारा, होण्डा मोटरसाइकल बिजनेस युनिटअन्तर्गत सेल्स डिभिजन, सेल्स डिपार्टमेन्ट-२ का विभागीय प्रबन्धक योशिकी कामिओ र मोटरसाइकल बिजनेस युनिटअन्तर्गत सेल्स डिभिजन, सेल्स डिपार्टमेन्ट-२ अन्तर्गतकै प्रतिनिधि पीआइसी कोजिरो कामिया पनि उपस्थित थिए ।
होन्डाले गत फेब्रुअरीमा लन्च गरेको दुई नयाँ इलेक्ट्रिक स्कुटर एक्टिभा ई र...
सामाजिक सञ्जालको बढ्दो लोकप्रियतासँगै अहिले प्रायः सबैजसो कम्पनीले...
काठमाडौँ – नेपाली बजारमा आज होन्डा ग्राजिया बीएस ६ स्कुटर लन्च भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...