बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं–इनड्राइभले प्लाटिनम ड्राइभर गिभअवे कार्यक्रमअन्तर्गत आफ्ना उत्कृष्ट चालकहरूलाई पुरस्कार हस्तान्तरण गरेको छ । कम्पनीले आफ्ना प्लाटिनम श्रेणीका चालकहरूलाई कार, स्कुटरदेखि महँगा स्मार्टफोनसम्मका उपहारहरू प्रदान गरेको हो ।
काठमाडौंमा आयोजित एक समारोहका बीच कम्पनीले विजेताहरूको घोषणा गर्दै पुरस्कार हस्तान्तरण गरेको छ ।
कार्यक्रममा इनड्राइभ नेपालको नेतृत्व टोलीले चालकहरूको मेहेनत र इमानदारीको कदर गर्दै उनीहरूलाई हिरोको संज्ञा दिएको थियो ।
यस वर्षको गिभअवेमा सबैभन्दा ठूलो पुरस्कार टाटा एक्सप्रेस–टी इलेक्ट्रिक कार पेशल बुढाथोकीले जित्न सफल भएका छन् । सपरिवार स्टेजमा पुगेर कारको साँचो ग्रहण गर्दै बुढाथोकीले आफ्नो खुसी व्यक्त गरे । कम्पनीले उपहारमा लाग्ने सम्पूर्ण कर आफैले बेहोरेका कारण विजेताले पूर्ण रूपमा निःशुल्क कार प्राप्त गरेका हुन् ।
कार्यक्रममा दुई जना भाग्यशाली राइडरहरूले याडियाको इलेक्ट्रिक स्कुटर प्राप्त गरेका छन् । स्कुटर जित्नेहरूमा २१ वर्षीय साम्देन तामाङ अर्थात् कुन्साङ र सरोज खतिवडा रहेका छन् । यसैगरी, १६ जना चालकहरूले सामसङका नयाँ स्मार्टफोनहरू प्राप्त गरेका छन् भने ४ जना चालकहरूलाई परिवारसहित ५ तारे रिसोर्टमा बस्ने स्टेकेसन प्याकेज उपहार दिइएको छ ।
२०२६ मार्च २ देखि मार्च २९ सम्म सञ्चालन गरिएको यस चार हप्ते क्याम्पेन, ड्राइभर्स पार्टनर्सहरूको कार्यसम्पादन तथा सेवा गुणस्तरका आधारमा निरन्तर ‘प्लाटिनम’ स्तर कायम राख्ने चालकहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...