कारको हेडलाइटलाई प्रोजेक्टरको रुपमा उपयोग गर्न सकिने एक्सपिक्सेल प्रविधि सार्वजनिक
चिनियाँ टेक्नोलोजी कम्पनी हुवावेले बेइजिङ अटो शोमा प्रस्तुत गरेको...
विश्वकै सबैभन्दा ठुलो अटो प्रदर्शनीमध्ये एक बेइजिङ अटो शो २०२६ सुरु भएको छ। अप्रिल २४ देखि मे ३ सम्म सञ्चालन हुने यस मेगा इभेन्टमा भविष्यको सवारी प्रविधि, विद्युतीय गाडी र स्मार्ट कनेक्टेड सिस्टमको भव्य प्रदर्शन भइरहेको छ । आयोजकका अनुसार यस वर्षको प्रदर्शनी ३ लाख ८० हजार वर्ग मिटरभन्दा बढी क्षेत्रमा फैलिएको छ, जहाँ १४०० भन्दा बढी सवारी साधन र १८० भन्दा बढी विश्व प्रिमियर प्रस्तुत गरिनेछ ।
प्रदर्शनीमा ‘८’ र ‘९’ सिरिजका स्मार्ट र इलेक्ट्रिक एसयूभीहरूको विशेष दबदबा देखिएको छ। नियोको ईएस९, लाइअटोका एल९ र एल८, फक्सवागनको आईडीडट यूएनवाईएक्स ०८/०९ र बीवाईडीको ग्रेट ट्याङ जस्ता मोडल प्रमुख आकर्षण बनेको छ । विशेषगरी फक्सवागनले “चीनका लागि चीनमै” रणनीति अन्तर्गत नयाँ मोडलहरू प्रस्तुत गर्दै चिनियाँ बजारमा आफ्नो उपस्थितिलाई अझ सुदृढ बनाउने संकेत दिएको छ।
एक समय चीनको अटो बजारमा टोयोटा, बीएमडब्ल्यु र फक्सवागनजस्ता विदेशी कम्पनीको प्रभुत्व थियो, तर अहिले अवस्था परिवर्तन भएको छ। शाओमी, बीवाईडी र एक्सपेङ जस्ता चिनियाँ ब्रान्डले विद्युतीय सवारी क्षेत्रमा तीव्र प्रगति गर्दै विदेशी कम्पनीलाई चुनौती दिइरहेको छ ।
दुई ठुला स्थलमा आयोजना गरिएको यो शो क्षेत्रफलका हिसाबले करिब ५० फुटबल मैदान बराबर फैलिएको छ। सयौं स्वदेशी तथा अन्तर्राष्ट्रिय कम्पनीको सहभागितामा आयोजना भइरहेको सो कार्यक्रममा व्यवसायी र मिडियाका लागि प्रारम्भिक पहुँच खुला गरिएको छ भने सर्वसाधारणले अप्रिल २८ देखि अवलोकन गर्न सक्नेछन्।
यस वर्षको शोको अर्को मुख्य आकर्षण भविष्यका यातायात प्रविधि हुन्। एक्सपेङले आफ्नो नयाँ स्मार्ट ड्राइभिङ सिस्टमसँगै फ्लाइङ कार र रोबोटिक्स प्रविधिको झलक प्रस्तुत गर्ने जनाएको छ। यसले अटो उद्योग अब केवल सवारी साधनमा सीमित नरही प्रविधिको समग्र विकासतर्फ अघि बढिरहेको स्पष्ट देखाउँछ।
बीएमडब्ल्युले ब्याट्री प्रविधिका लागि सीएटीएलसँग सहकार्य गरेको छ भने औडीले आफ्ना सवारी साधनमा हुवावेको ड्राइभिङ असिस्टेन्स सिस्टम प्रयोग गर्न थालेको छ। साथै फक्सवागनले पनि नयाँ पुस्ताका विद्युतीय गाडी विकास गर्न एक्सपेङसँग साझेदारी गरिरहेको छ ।
शाओमीले आफ्नो एसयू७ प्रो मोडलमार्फत बेइजिङदेखि सांघाईसम्म करिब १३०० किलोमिटर दूरी एकैपटक चार्जमा पार गरेर सबैलाई चकित पारेको छ । कम्पनीका प्रमुख लि जुङले उक्त यात्रा १५ घण्टामा पूरा गरेका थिए, जसले विद्युतीय सवारीको भविष्य अझ बलियो बन्दै गएको संकेत गर्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...