सुजुकी मोटरसाइकलको भारतमा २० वर्ष यात्रा पुरा, १ करोड युनिट उत्पादन

सुजुकी मोटरसाइकल इन्डियाले भारतमा उत्पादन सुरु गरेको २ दशक पुरा भएको छ । कम्पनीले २००६ देखी भारतमा आफ्नो उत्पादन शुरु गरेको थियो ।

हीट १२५ र ज्यूस १२५ मोटरसाइकल लन्च गरेर विश्वको सबैभन्दा ठूलो मध्ये एक भारतीय टु–ह्विलर बजारमा प्रवेश गरेको सुजुकीले लगत्तै सुजुकीले एक्सेस १२५ लन्च गरेको थियो । जुन हालसम्म पनि सर्बाधिक बिक्री हुने १२५ सीसी स्कुटरमा दर्ज हुँदै आएको छ ।

कम्पनीले हाल एक्सेससहित बर्गम्यान स्ट्रिट र एभेनिस स्कुटर उत्पादन गरिरहेको छ भने मोटरसाइकलमा जिक्सर सिरिज अन्तर्गत विभिन्न मोडल, भी–स्ट्रोम एसएक्स, हायाबुसा, जीएसएक्स–८आर, र भी–स्ट्रोम ८०० डीई जस्ता प्रिमियम उपलब्ध गराउँदै आएको छ ।

उत्पादन सुरु गरेको ६ वर्षमा आफ्नो पहिलो १० लाख ग्राहक पाएको सुजुकीले त्यसपछि २०२० मा ५० लाख युनिटहरू पार गरेको थियो । त्यसैगरी २०२६ मा १ करोड उत्पादनको माइलस्टोन हासिल गरेको छ । भारतमा उत्पादित सुजुकी टु–ह्विलर नेपालसहित विश्वका ७७ देशमा निर्यात हुँदै आएका छन् ।

सम्बन्धित समाचारहरू

कार विक्रीमा मारुती सुजुकीको वर्चस्व कायमै, व्रेजाले पछि पार्यो टाटा नेक्सनलाई

कार विक्रीमा मारुती सुजुकीको वर्चस्व कायमै, व्रेजाले पछि पार्यो टाटा नेक्सनलाई

भारतको सवैभन्दा ठूलो प्यासेन्जर कार निर्माता मारुती सुजुकीले विक्रीमा...

बीवाईडी राकोका कारण जापानको के–कार बजार खतरामा–सुजुकी

बीवाईडी राकोका कारण जापानको के–कार बजार खतरामा–सुजुकी

२०२५ टोकियो मोटर शोमा बीवाईडीले आफ्नो पहिलो के–कार राकोको डेब्यू गरेसंगै...

नयाँ एडिसनमा आयो जिम्नी

नयाँ एडिसनमा आयो जिम्नी

मारुती सुजुकीले आफ्नो लोकप्रिय अफरोड एसयुभी जिम्नीको नयाँ एडिसन ‘थन्डर’...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...