सार्वजनिक यातायातको भाडा फेरी बढाउने तयारी

काठमाडौं–सार्वजनिक सवारी साधनको भाडा फेरि बढाउने गरी गृहकार्य सुरु भएको छ । वैज्ञानिक प्रणालीअनुसार सार्वजनिक यातायातको भाडा समायोजन भएको दुई सातापछि पुनः भाडा बढाउने गरी तयारी गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पेश गरेको हो ।

गत चैत २५ गते सरकारले वैज्ञानिक प्रणालीअनुसार सार्वजनिक सवारी साधानमा २२ प्रतिशतसम्म भाडा बढेको थियो । उक्त समयमा यात्रुवाहक सवारी १६‍‍.७१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी १५.७५ प्रतिशतले भाडा बढाएको थियो ।

भाडा समायोजनपछि दुई पटक गरी डिलेजमा प्रतिलिटर ५५ रुपैयाँ मूल्य वृद्धि भएको छ । जसअनुसार अहिले डिलेजको मूल्य प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ ।

यस्तै, इन्धनमा १५ प्रतिशतको मूल्य घटी वा बढी हुँदा स्वचालित भाडा दर कायम हुने कार्यविधिमा उल्लेख छ । चैत २५ गतेपछि डिजेलमा ३० प्रतिशत मूल्य वृद्धि भएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...