नाइमा स्थापनाको पहिलो वर्ष पुरा, भए यी गतिबिधी

काठमाडौं– ‘मोबिलिटी फर अल’को उद्देश्यसहित स्थापना भएको नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन(नाइमा)ले स्थापनाको पहिलो वर्ष पूरा गरेको छ । रितूसिंह बैद्यको नेतृत्वमा एक वर्षअघि स्थापना भएको यस संस्थामा देशका प्रमुख सवारीसाधन आयातकर्ता तथा उत्पादकहरु आवद्ध छन् ।

यस एक वर्षमा नाइमाले सचिवालय स्थापना गर्दै संस्थागत संरचनालाई व्यवस्थित बनाएको छ र विभिन्न समितिहरूमार्फत प्राथमिकताका क्षेत्रमा काम अघि बढाएको छ ।

नीति संवाद र पैरवीमार्फत नाइमाले नेपाल सरकारसँग सहकार्य गर्दै अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका मुख्य मुद्दाहरू उठाएको छ र निजी क्षेत्रका व्यवसायहरूका लागि सहज र सक्षम वातावरण निर्माण गर्न पहल गरेको छ ।

क्षमता अभिवृद्धिका क्षेत्रमा, नाइमाले प्राविधिक तालिम तथा शैक्षिक संस्थासँगको सहकार्यमार्फत विद्यार्थी, प्राविधिक जनशक्ति र भविष्यका दक्ष जनशक्ति विकासमा सहयोग गरेको छ ।

आपतकालीन अवस्थामा पनि नाइमाले सम्बन्धित निकायहरूसँग समन्वय गर्दै आवश्यक सहयोग गरेको छ, जसले संस्थाको सामाजिक जिम्मेवारीप्रतिको प्रतिबद्धतालाई थप स्पष्ट बनाएको छ ।

यससँगै, नाइमाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य विस्तार गर्दै नेपालको मोबिलिटी क्षेत्रलाई समन्वित, सुरक्षित, दिगो र व्यवस्थित दिशातर्फ अघि बढाउने प्रयास गरेको छ ।

नाइमा मोबिलिटी एक्सपो २०२५, मोबिलिटी संबाद, नीति बहस, प्राविधिक तालिम तथा सहकार्यका विविध पहलहरूले संस्थालाई एक जिम्मेवार, विश्वसनीय र एकीकृत आवाजका रूपमा स्थापित गर्न योगदान पु-याएको नाइमाले जनाएको छ ।

आगामी दिनहरूमा पनि सहकार्य, संवाद र साझा प्रतिबद्धतासहित नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई अझ सुदृढ, व्यवस्थित र भविष्य उन्मुख बनाउँदै लैजाने प्रयास निरन्तर रहने प्रतिबद्धता जनाइएको छ ।

सम्बन्धित समाचारहरू

नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

काठमाडौं–नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यान्यूफ्याकचरर्स...

नाइमा नेपाल मोबिलिटी एक्सपोमा टोयोटाको हाइब्रिड इलेक्ट्रिकमा विशेष अफर उपलब्ध हुने

नाइमा नेपाल मोबिलिटी एक्सपोमा टोयोटाको हाइब्रिड इलेक्ट्रिकमा विशेष अफर उपलब्ध हुने

काठमाडौं – टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले आगामी...

नाइमा एक्सपोमा एभरेष्ट बैंकको गाडी कर्जा : मात्र ६.५२ प्रतिशत ब्याजदर

नाइमा एक्सपोमा एभरेष्ट बैंकको गाडी कर्जा : मात्र ६.५२ प्रतिशत ब्याजदर

काठमाडौं – सवारी साधन किन्नेहरुलाई लक्ष्यित गरी एभरेष्ट बैंकले गाडी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...