अव सुजुकीले पनि उड्ने कार वनाउने, स्काई ड्राइभसंग गर्यो सम्झौता
जापनिज अटो निर्माता सुजुकीले उड्ने कारको विकास गर्न स्काई ड्राइभसंग...
सुजुकीले आफ्नो लोकप्रिय स्पोर्टी स्कुटर एभेनिसको नयाँ स्पेसल एडिसन भारतीय बजारमा पेश गरेको छ। युवा पुस्ता र स्टाइल मन पराउने ग्राहकलाई लक्षित गर्दै ल्याइएको सो नयाँ संस्करणमा आकर्षक ड्युअल टोन रङ विकल्प समावेश गरिएको छ।
नयाँ एभेनिस स्कुटरले बजारमा रहेका अन्य स्पोर्टी स्कुटरहरूसँग कडा प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ। यसको मूल्य भारतीय बजारमा करिब १ लाख ३ हजार रुपैयाँदेखि सुरु भएर १ लाख ५ हजार रुपैयाँसम्म पुगेको छ।
नयाँ एभेनिसमा यसमा शार्प एलइडी हेडलाइट र टेललाइट, स्प्लिट ग्र्याब रेल र स्पोर्टी ग्राफिक्स जस्ता एलिमेन्ट समावेश छ । साथै साइड स्ट्यान्ड इन्टरलक सिस्टम, सिट नखोली बाहिरबाटै इन्धन भर्न सकिने सुविधा, ब्लुटुथ सपोर्ट भएको डिजिटल एलसिडी डिस्प्ले, टर्न बाय टर्न नेविगेसन, कल तथा एसएमएस अलर्ट, मोबाइल एप सपोर्ट, फ्रन्ट युएसबी चार्जिङ पोर्ट, सानो ग्लोभ बक्स र २१.८ लिटरको अन्डर–सिट स्टोरेज जस्ता फिचर उपलब्ध छ ।
ब्रेकिङको लागि फ्रन्टमा डिस्क ब्रेक र रियरमा ड्रम ब्रेकसहित कम्बाइन्ड ब्रेकिङ सिस्टम राखिएको छ भने यसमा अलोय ह्विल र ट्युबलेस टायर समावेश छ ।
यसमा १२४.३ सीसी क्षमताको फोर स्ट्रोक, सिंगल सिलिन्डर, एयर कूल्ड इन्जिन जडान गरिएको छ जसले ८.७ पावर र १० एनएमको टर्क उत्पादन गर्छ। यसमा अटोमेटिक गियर सिस्टम प्रयोग गरिएको छ । कम्पनीका अनुसार यसले प्रतिलिटर करिब ५० देखि ५५ किलोमिटरसम्म माइलेज दिन सक्छ।
जापनिज अटो निर्माता सुजुकीले उड्ने कारको विकास गर्न स्काई ड्राइभसंग...
अटोमोबाइलका लागी चीन विश्वको सबैभन्दा ठूलो बजार हो । चीनमा हरेक वर्ष सयौं...
मारुती सुजुकीले यस पटक पनि बिक्रीमा आफ्नो छाप छोडेको छ, त्यसैले कम्पनीले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...