एकै पटकमा १५२० किलोमिटर दुरी तय गर्न सक्ने चेरीको हाईटेक एक्सिड एक्स७ लन्च

चीनको अग्रणी अटो निर्माता कम्पनी चेरीले आफ्नो नयाँ हाईटेक एसयूभी एक्सिड एक्स७  लन्च गरेको छ । कम्पनीका अनुसार सो गाडी एकै पटकमा अधिकतम १५२० किलोमिटरसम्म चल्न सक्षम छ। चीनमा यसको मूल्य १ लाख ९९ हजार देखि २ लाख ६३ हजार युआनसम्म निर्धारण गरिएको छ ।

नयाँ एक्स७ को सबैभन्दा विशेष पक्ष यसको ब्रेक सिस्टम हो । यसमा विश्वमै पहिलोपटक ब्रेक-बाइ-वायर इलेक्ट्रोनिक मेकानिकल ब्रेकिङ सिस्टम प्रयोग गरिएको छ। सामान्यतया कारमा हाइड्रोलिक ब्रेकिङ सिस्टम प्रयोग हुने भए पनि यो  मोडलमा इलेक्ट्रिक मोटरमार्फत सञ्चालन हुने ब्रेकिङ प्रविधि समावेश गरिएको छ। साे सिस्टम केवल ९० मिलिसेकेन्डमै सक्रिय हुने बताइएको छ, जसले गाडीलाई करिब ३३ मिटरभित्र पूर्ण रूपमा रोक्न सक्षम बनाउँछ।

एक्सिड एक्स७ दुई फरक मोडलमा उपलब्ध छ। पहिलो रेन्ज एक्सटेन्डेड इलेक्ट्रिक भेइकल मोडल हो, जसमा १.५ लिटर पेट्रोल इन्जिन राखिएको छ, तर यसले सिधै गाडी चलाउने काम गर्दैन, बरु ब्याट्री चार्ज गर्न प्रयोग हुन्छ। यस मोडलले फुल ट्याङ्की र फुल चार्जमा १५२० किलोमिटरसम्म दूरी तय गर्न सक्छ। दोस्रो पूर्ण रूपमा इलेक्ट्रिक मोडल हो, जसले एकपटकको चार्जमा करिब ७२६ किलोमिटरसम्म यात्रा गर्न सक्छ। यसको चार्जिङ क्षमता पनि निकै छिटो छ, जसले करिब ११.५ मिनेटमै ५ प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज हुन सक्ने बताइएको छ।

सो एसयूभी निकै प्रिमियम र आधुनिक देखिन्छ। यसको क्याबिनमा ३० इन्चको उच्च गुणस्तरको ६के डिस्प्ले राखिएको छ। साउन्ड सिस्टमका लागि २३ वटा स्पिकर प्रयोग गरिएको छ । साथै, यसमा २७ वटा सेन्सर जडान गरिएको छ, जसले लेभल २ एडास सिस्टममार्फत सुरक्षित र सहज ड्राइभिङ सुनिश्चित गर्छ।

सम्बन्धित समाचारहरू

सर्भिस सेन्टर संचालनमा ल्याउँदै सिजी मोटर्स, छिट्टै २४ स्थानमा चार्जिङ स्टेशन निर्माण हुने

सर्भिस सेन्टर संचालनमा ल्याउँदै सिजी मोटर्स, छिट्टै २४ स्थानमा चार्जिङ स्टेशन निर्माण हुने

अवको केही हप्ता भित्रै नेटा इलेक्ट्रिक कारको सर्भिस सेन्टर संचालनमा आउने...

प्योर ईभी ईट्रिस्टको अफरोड सहित टेस्ट राइड सम्पन्न : सिंगल चार्जमा १२७ किमी भन्दा बढीको यात्रा

प्योर ईभी ईट्रिस्टको अफरोड सहित टेस्ट राइड सम्पन्न : सिंगल चार्जमा १२७ किमी भन्दा बढीको यात्रा

काठमाडौं – नेपाली बजारमा हालै भित्रिएको प्योर ईभीको इलेक्ट्रिक मोटरसाइकल...

विद्युत प्राधिकरणले देशभर ५ सय चार्जिङ स्टेसन निर्माणमा निजी क्षेत्रसँग सहकार्य गर्ने

विद्युत प्राधिकरणले देशभर ५ सय चार्जिङ स्टेसन निर्माणमा निजी क्षेत्रसँग सहकार्य गर्ने

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी साधन चार्जिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...