नयाँ रेनो डस्टरलाई भारत एनक्यापमा ५ स्टार सेफ्टी रेटिङ, ३५ भन्दा बढी सेफ्टी फिचर उपलब्ध

भारतीय बजारमा नयाँ रेनो डस्टरले फेरि एकपटक ठूलो चर्चा बटुलेको छ। नयाँ रेनो डस्टर एसयूभीले भारत एनक्यापबाट ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेर सो चर्चा बटुलेको हो । सो उपलब्धिले नयाँ डस्टरलाई आफ्नो सेग्मेन्टमा अझ विश्वसनीय र सुरक्षित विकल्पको रूपमा स्थापित गरेको छ।

क्र्यास परीक्षणका क्रममा डस्टरका इभोलुसन टर्बो १६० म्यानुअल, टेक्नो टर्बो १६० डुअल क्लच ट्रान्समिसन र आइकोनिक टर्बो १६० म्यानुअल भेरिएन्ट परीक्षण गरिएको थियो । विभिन्न कोणबाट गरिएका परीक्षणका आधारमा यसलाई उच्च सुरक्षा मूल्याङ्कन प्रदान गरिएको हो। अंकको हिसाबले हेर्दा, नयाँ डस्टरले वयस्क यात्रु सुरक्षामा ३२ मध्ये ३०.४९ अंक प्राप्त गरेको छ भने बाल यात्रु सुरक्षामा ४९ मध्ये ४५ अंक ल्याएको छ।

सेफ्टीका लागि सो एसयूभीमा ३५ भन्दा बढी सेफ्टी फिचर स्ट्यान्डर्ड रूपमा उपलब्ध छ । यसको बेस भेरिएन्टदेखि नै ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल सिस्टम, हिल होल्ड कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, टायर प्रेसर माेनिटरिङ सिस्टम, आईएसओफिक्स चाइल्ड सिट एन्कर, थ्री पाेइन्ट सिट बेल्ट र सिट बेल्ट रिमाइन्डर जस्ता सुविधा पाइन्छन्। टप भेरिएन्टमा लेभल २ एडास सिस्टमअन्तर्गत १७ वटा आधुनिक सेफ्टी फिचर पनि समावेश गरिएको छ ।

डिजाइनको दृष्टिले पनि नयाँ डस्टर आकर्षक बनेको छ। यसमा एलईडी लाइट, कनेक्टेड एलईडी टेललाइट, १८ इन्चसम्मका अलोय ह्विल, इलेक्ट्रिक टेलगेट, प्रिमियम इन्टेरियर, फ्रन्ट भेन्टिलेसन सिट, प्यानोरामिक सनरुफ, १०.१ इन्चको टचस्क्रिन सिस्टम, ठूलो डिजिटल ड्राइभर डिस्प्ले, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस स्मार्टफोन जडान र चार्जिङ, ३६० डिग्री क्यामेरा लगायतका आधुनिक सुविधा समावेश छन् ।

नयाँ डस्टरको सुरुवाती मूल्य १० लाख ४९ हजार भारु राखिएको छ भने उच्चतम भेरिएन्टको मूल्य १८ लाख ६९ हजार भारुसम्म पुग्छ। सो गाडी ९९९ सीसीदेखि १३३३ सीसीसम्मका पेट्रोल इन्जिन विकल्पमा उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

१ हजार सीसी क्षमताका ३ ह्याचब्याक : सबैभन्दा सस्तो ड्याटसन रेडी गो र महंगोमा रेनो क्विड

१ हजार सीसी क्षमताका ३ ह्याचब्याक : सबैभन्दा सस्तो ड्याटसन रेडी गो र महंगोमा रेनो क्विड

सानो साइज र सस्तो मूल्यका कारण नेपालमा ह्याचब्याक कारको क्रेजमा खासै कमी...

लहानमा खुल्यो रेनोको नयाँ शोरुम, गाडीका साथै  पार्ट्स र एसेसरिज लगायतका सेवा पाइने

लहानमा खुल्यो रेनोको नयाँ शोरुम, गाडीका साथै पार्ट्स र एसेसरिज लगायतका सेवा पाइने

काठमाडौ – रेनोको नया शोरुम सोमबारबाट सिराहाको लहानमा सञ्चालनमा आएको छ ।...

रेनोको नयाँ गाडी किन्दा एक वर्षसम्म निशुल्क इन्धन, यस्तो छ दशैं अफरमा उपलब्ध अन्य सुविधा

रेनोको नयाँ गाडी किन्दा एक वर्षसम्म निशुल्क इन्धन, यस्तो छ दशैं अफरमा उपलब्ध अन्य सुविधा

रेनो गाडीको नेपालका लागि आधिकारिक वितरक एड्भान्स अटोमोवाइललले दशैं/तिहार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...