एमएडब्लू हायर पर्चेजको वित्तीय अवस्थामा उल्लेख्य सुधार

काठमाडौं– ईक्रा नेपाल लिमिटेडले एमएडब्लू हायर पर्चेज प्राइभेट लिमिटेड (एमएचपीएल) को सुधारिएको वित्तीय प्रदर्शन र बलियो सम्पत्ति गुणस्तरलाई ध्यानमा राखी क्रेडिट रेटिङ्ग अपग्रेड गरेको छ ।

कम्पनीको दीर्घकालीन कर्जा रेटिङ्ग एलएलबी प्लसबाट बढाएर एलएलबी माइनस गरिएको छ भने अल्पकालीन रेटिङ्ग ए४ प्लसबाट सुधार भई ए३ पुगेको छ ।

यस रेटिङ्ग अपग्रेडले एमएचपीएलको समग्र क्रेडिट प्रोफाइल सुदृढ बनाउने दिशामा भएको निरन्तर प्रगतिलाई देखाउँछ । कम्पनीले विशेषगरी मोबाइल फोन फाइनान्सिङ्गको क्षेत्रमा राम्रो रिकभरी संयन्त्र र प्रविधिमा आधारित नियन्त्रण प्रणाली अपनाएका कारण सम्पत्ति गुणस्तरमा उल्लेखनीय सुधार गरेको छ ।

एमएचपीएलले नाफा आर्जनको स्तर पनि सन्तुलित रूपमा कायम राखेको छ । कम्पनीको नेट इन्ट्रेस्ट मार्जिन स्थिर रहेको छ भने सञ्चालन खर्च नियन्त्रणमा राख्दा निरन्तर सञ्चालन नाफा कायम राख्न सहयोग पुगेको छ । साथै, कम्पनीले करिब ९६ प्रतिशतको बलियो प्रावधान कभरेज कायम राखेको छ, जसले वित्तीय स्थायित्व बढाउनुका साथै सम्भावित नोक्सानी वहन गर्ने क्षमता सुदृढ बनाएको छ ।

यसको कर्जा पोर्टफोलियो पनि विविध र स–साना खण्डमा विभाजित रहेको छ, जसमा मध्यम लोन–टु–भ्याल्यु अनुपातमा ध्यान दिइएकोले जोखिम न्यूनीकरणमा मद्दत पुगेको छ ।

पाँच दशक भन्दा लामो समयदेखि नेपालको अटोमोबाइल क्षेत्रमा स्थापित एमएडब्लू ग्रुपको हिस्सा हुनु पनि एमएचपीएलका लागि थप बलियो पक्ष हो ।

यो समूहको सशक्त बजार उपस्थिति र अग्रणी ब्रान्डहरूसँगको साझेदारीले व्यवसाय विस्तारमा सहयोग गर्नुका साथै वित्तीय संस्थाबाट हुने लगानीको पहुँचलाई सहज बनाएको छ ।

सन २०११ मा स्थापना भएको एमएडब्लू हायर पर्चेज प्राइभेट लिमिटेड नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको बृहत मार्गदर्शन अनुसार सञ्चालन हुँदै आएको छ ।

यसको केन्द्रिय कार्यालय मोरङको विराटनगरमा रहेको छ भने शाखा कार्यालय काठमाडौंको त्रिपुरेश्वरमा छ, जहाँबाट कम्पनीका मुख्य सञ्चालन गतिविधिहरू अघि बढाइन्छ ।

ग्राहकलाई सहज र झन्झटरहित हायर पर्चेज सेवा उपलब्ध गराउने उद्यमशील दृष्टिकोण सहित कम्पनी स्थापना गरिएको हो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...