के चेरी क्यूक्यू३ इलेक्ट्रिक एसयूभी भारत लन्च होला ? डिजाइन पेटेन्टले बढायो चासो

चिनियाँ अटोमोबाइल निर्माता चेरीले आफ्नो बहुप्रतीक्षित क्यूक्यू३ इलेक्ट्रिक एसयूभीका लागि भारतमा डिजाइन पेटेन्ट दर्ता गराएको छ। कम्पनीले जेएसडब्ल्यु ग्रुपसँगको सहकार्यमा यसै वर्ष जेटुर टी२ लन्च गर्ने अपेक्षा गरिएको छ भने जेइको जे५, आईकार भी२३, टिग्गो ७एल र लेपास एल६ जस्ता अन्य मोडलहरू ल्याउने तयारी भइरहेको छ।

चीनमा उपलब्ध क्यूक्यू३ कम्प्याक्ट एसयूभी सेगमेन्टमा पर्छ, जसले सानो आकारमा पनि उपयोगी स्थान उपलब्ध गराउँछ। यसमा पर्याप्त बुट स्पेस दिइएको छ, जसलाई आवश्यकताअनुसार बढाउन सकिन्छ। साथै अगाडिको भागमा थप भण्डारणका लागि फ्रन्ट ट्रंक अर्थात फ्रङ्क सुविधा पनि रहेको छ, जसले सामान राख्ने क्षमतालाई अझ विस्तार गर्छ।

डिजाइनका हिसाबले क्यूक्यू३ आधुनिक र आकर्षक देखिन्छ। यसको अगाडिको भागमा स्माइलिङ लुक भएको ग्रिल डिजाइन दिइएको छ । यसमा एलईडी हेडलाइट, फ्रन्ट क्यामेरा र पार्किङ सेन्सर जस्ता सुविधा समावेश छ । साइड प्रोफाइलमा ठूला अलोय ह्विल, ब्ल्याक क्ल्याडिङ र सेमी फ्लस डोर ह्यान्डल दिइएको छ भने पछाडिको भागमा एलईडी टेललाइट र स्पोइलर जडान गरिएको छ ।

यसको इन्टेरियरमा ठुलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एआई असिस्टेन्स र एड्भान्स कनेक्टिभिटी फिचर उपलब्ध छ । साथै वायरलेस चार्जिङ, मल्टी कलर एम्बियन्ट लाइटिङ, प्रिमियम अडियो सिस्टम र प्यानोरामिक क्यामेरा जस्ता सुविधा पनि समावेश छ । सेफ्टीका लागि ड्राइभर अलर्ट सिस्टम र एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम जस्ता आधुनिक प्रविधि दिइएकाे छ ।

क्यूक्यू३ दुई फरक ब्याट्री विकल्पमा उपलब्ध हुने बताइएको छ, जसले फरक पावर र टर्क उत्पादन गर्छ । यसमा रियर ह्विल ड्राइभ सिस्टम प्रयोग गरिएको छ, जसमा मोटर पछाडिको एक्सलमा जडान गरिएको हुन्छ। यसले प्रयोगकर्तालाई आफ्नो आवश्यकता अनुसार उपयुक्त विकल्प छनौट गर्ने सुविधा दिन्छ।

सम्बन्धित समाचारहरू

नेपाल ईभी अन्तराष्ट्रिय एक्सपो सम्पन्र, अवलोकनकर्ताको उपस्थित उत्साहजनक

नेपाल ईभी अन्तराष्ट्रिय एक्सपो सम्पन्र, अवलोकनकर्ताको उपस्थित उत्साहजनक

काठमाडौँ – नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर...

एमजीले ३ मिटर भन्दा सानो इलेक्ट्रिक कार लन्च गर्दै

एमजीले ३ मिटर भन्दा सानो इलेक्ट्रिक कार लन्च गर्दै

एमजी मोटर्सले भारतीय बजारका लागि सस्तो इलेक्ट्रिक कार ई२३० सार्वजनिक...

थापाथलीमा खुल्यो आयन र एक्स्पेङ ईभीको नयाँ एक्स्पेरिएन्स सेन्टर

थापाथलीमा खुल्यो आयन र एक्स्पेङ ईभीको नयाँ एक्स्पेरिएन्स सेन्टर

काठमाडौं–सीजी मोटर्सले थापाथलीमा आयन र एक्स्पेङ ईभीको एक्स्पेरिएन्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...